जन्ताभ्वाईस सम्बाददाता
२८ , चैत्र , सोमबार , २०७८
कटारी/आगामी स्थानीय निर्वाचनका लागि कटारी नगरपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष बन्न नेपाली काँग्रेसबाट ११ जना आकांक्षी देखिएका छन् ।काँग्रेसको वडा समितिले नगर समितिलाई सिफारिस गरेअनुसार ११ ले उमेद्वार बन्न दावी गरेका हुन् ।
जसमा खम्बसिंह तामाङ , गोपाल बहादुर दनुवार , गोपी प्रसाद पराजुली , डेगबहादुर दनुवार , दिनेशबहादुर कटुवाल , धिरज खड्का ,मोहनबहादुर दनुवार , राजकुमारी तामाङ , रोहित लामा , लिलाराज अधिकारी दनुवार , र हेम राई दिपक रहेका छन् ।
त्यसैगरी समितिले वडासदस्य खुल्लामा अनिस थापा , अमर कुँवर , चोकबहादुर श्रेष्ठ ,धनराज दनुवार , धरम खड्का ,प्रेमबहादुर दनुवार ,विनोद दनुवार , र हर्कराज राईलाई सिफारिस गर्दा खुल्ला महिला सदस्यमा तुलसा कटुवाल , नानुमैया थापा , हरिमाया राई र दलित महिला सदस्यमा उर्मिला परियार ,दुर्गा परियार र बालकुमारी परियारलाई सिफारिस गरेको छ ।
त्यसैगरी ४ नम्बर समितिले नगर प्रमुखका लागि १३ जनाको नाम सिफारिस गरी पठाएको छ । जसमा कृष्णकुमार श्रेष्ठ , कृष्णबहादुर थापा , निर्मला कार्की , प्रकाश थापा , बज्रमान सिंह थापा , राजेशचन्द्र श्रेष्ठ ,रामकुमार खत्री , रामकुमार राई , रामबहादुर पोखरेल ,साँङदोर्जे तामाङ ,त्रिभुवन प्रसाद दाहाल , ज्ञानेन्द्र खड्का र जयबहादुर मोते रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसको ४ नम्बर समितिले उपमेयर पदका लागि भने ११ जनाको नाम सिफारिस गरि पठाएको छ जसमा अनिता कार्की , अस्मित पौडेल , उर्मिला थापा , चिनिमाया सुनुवार तामाङ् , पवित्रा प्रधान श्रेष्ठ ,पार्वती राई (पारु), बालकुमारी तामाङ् ,मनकुमारी भुजेल , रुक्जा राई , सरस्वती ढुंगाना र हिरा भट्टराई पराजुली रहेका छन् ।


जनता भ्वाइस 








