images
images

अरुणठाकुरमा बद्री र डिजराजले गाए , अञ्जलीले नचाए , म्याकुरीले हसाँए

-ऋषि राई
२६ , चैत्र , शनिबार , २०७८

दुधौली/ सिन्धुलीको पूर्वी नगर दुधौलीको पहाडी वडा नगरको दृष्टिमा दुर्गम वडा नम्बर १३ अरुणठाकुरको ठाकुर दमारमा शुक्रबार दिनभर कलाकारहरुले मनोरञ्जन दिलाए । मनोरञ्जन दिलाउन गायक बद्री पंगेनी , डिजराज पौडेल , हाँस्यकलाकार पवन खतिवडा म्याकुरी , मोडल अञ्जली अधिकारी ठाकुर दमार पुगेका थिए ।
महाभारत श्रृंखला पारीपट्टीको दमार गाउँमा राष्ट्रिय कलाकार आउनेभएपछी गाउँगाउँबाट दर्शकहरु घरको काम छोडेर मनोरञ्जन लिन आईपुगेका थिए । स्थानीय मनकामना युवा क्लवको आयोजनामा आयोजित तेस्रो वृहत साँस्कृतिक कार्यक्रममा गायक पंगेनीले , खै हाम्रो दिलमा त घामै लागेन ,घरको चुल्हो बलेन जस्ता चेतनामूलक गीत गायर चेतना पैmलाउनुको साथै ससूरालीमा ,खै त माया गर्न जानेको जस्ता मनोरञ्जनात्मक गीतहरुले दर्शक नचाए ।
दमार सोचे भन्दा राम्रो रहेको पंगेनीले सुनाए ।‘यहाँ आउने बाटो सानो रहेछ ’उनले भने –‘तर यहाँको मानिसहरुको मन ठुलो रहेछ ।’त्यसैगरी दमार आईपुगेका अहिलेका युवा पुस्तामा चर्चित हाँस्यकलाकार पवन खतिवडा म्याकुरीको धाराप्रवाह हाँस्य प्रस्तुतीले दर्शकलाई पेट मिचिमिचि हँसायो । त्यसैगरी गायक डिजराज पौडेलले सुनैको दरबार , तिमि आउने बाटोमा मौका परेपछी गीत गाएर भरपुर मनोरञ्जन दिलाए ।
पौडेल जिल्लाकै भएकाले उनले जिल्लालाई राम्रो जिल्ला रहेको भन्दै प्रशंसा पनि गर्न भ्याए ।त्यसैगरी दुधौलीका मोडल , समाजसेवी , हृदयशंकरको नृत्यले पनि दर्शकहरुको मन जित्यो । स्थानीय कलाकारहरु बाबुराम भट्टराईको गीत तथा अन्य स्थानीय कलाकारहरुको प्रस्तुतीले साँझ सम्म दमार रमाईरह्यो ।
नयाँ वर्षको आगमनलाई स्वगत गर्दै अतिथिहरुले शुभकामना आदान प्रदान गरे । वडा कार्यालय भवनसँगै भएको कार्यक्रममा वडाध्यक्ष मिलन सुनुवारले तल्लो सुगम भेगको नेतृत्वले पहाडी वडा कहिले समृद्ध नहुने बताउँदै पहाडी वडा १३,१४ र १२लाई छुट्टै पालिकाको आवश्यकता रहेकाले त्यसको नेतृत्व आफुले गर्ने बताउँदै छुट्टै पालिका मार्पmत पहाडी भेगलाई समृद्ध बनाउने लक्ष्य रहेको पनि सोही अवसरमा वताए ।
सिन्धुलीका पत्रकार रविन्द्र भट्टराईले कार्यक्रम संञ्चालन गरेका थिए । कार्यक्रमको यो तेस्रो श्रृंखला , थियो अघिल्लो वर्षहरुमा कोरोनाले कार्यक्रम प्रभावित भएको थियो । पहिलो श्रृंखलामा गायक दुर्गेस थापा र दोस्रो श्रृंखलामा कलाकार दिनेश काप्mले दमार आईपुगेका थिए ।
पहाडी वडा अप्ठ्यारो बाटो छिचोल्दै गाउँमा पनि राष्ट्रिय कलाकार आईपुगेकोमा स्थानीय खुसी थिए । दुधौलीको मदन भण्डारी राजमार्गबाट १२ किलोमिटर कालोपत्रेबाटै अव जान सकिने अवस्था आएको भएपनि बाटोको मध्यभागमा २ किलोमिटर सडक अभैm पनि जिर्ण छ । सडक विजुली पुगेसँगै अरुणठाकुरको मुहार भने फेरिंदै गएको छ ।