
जन्ताभ्वाईस सम्बाददाता
१४, चैत्र , सोमबार , २०७८
कटारी / कटारी नगरपालिका ११ , हर्देनी स्थित सिद्धिचरण राजमार्गमा आईतबार (हिजो) भएको दुर्घटनाका घाईते एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । अस्थायी प्रहरी चौकी वेतेनीका अनुसार हिजो दिउँसो अन्दाजि २ बजेको समयमा ओखलढुङगाबाट कटारीतर्फ आउदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
गाडी बाटो भन्दा ५ मिटर तल खसेको थियो ।उक्त दुर्घटनाका घाईते ओखलढुङगा सुनकोशी गापा–४ च्यानम बस्ने बर्ष ५४ को खेम बहादुर कार्कीको गएराति उपचारका क्रममा ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईका अनुसार कार्कीको काठमाडौं स्थित वीरअस्पत्तालमा मृत्यु भएको हो ।मृत्यु भएका कार्की शिक्षक भन्ने वुझिएको छ ।
गाडिमा १४ जना सवार थिए । घाईते मध्ये दुईजनाको विराटनगरमा उपचार भईरहेको र अन्य सवै घाईतेको अवस्था सामान्य भई उपचार पश्चात घर फर्किसकेको पनि ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी राईले बताउनुभयो ।
जीर्ण सिद्धिचरण राजमार्गको कटारी -घुर्मी खण्डमा वर्षेनी दुर्घटनाका कारण यात्रुहरुले ज्यान गुमाउनु परेको छ । जोखिम मोलेर हिंड्नुपर्ने वाध्यता छ । वर्षौ पुरानो यो जीर्ण सडकको स्तरउन्नती नेताहरुका लागि भोट माग्ने मेलो मात्रै बन्ने गरेको छ तर स्तरउन्नती गर्न सक्ने नेता तथा निकायनहुँदा धेरैले ज्यान गुमाउनु परेको स्थानीय बताउँछन् ।