शौचालय निर्माण गर्दै एकल महिला मिथिला तामाङ्ग ।फोटो/ ऋषि
ऋषि राई
१० चैत्र ,बिहिबार , २०७८
कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ढाप्टारकी फुलमाया बम्जनको घरछेउमा अहिले करेसावारी छ । करेसवारीका हरिया तरकारी उनको भान्छामा पाक्छ । ‘करेसावारी भएपछी हरियो परियो खान पाईयो ।’उनी भन्छिन् –‘पहिला पहिला त कटारी बजारबाट ओईलिएको तरकारी कहिलेकाँही किनेर खानुप¥थ्यो ।’
ढाप्टारकै एकल महिला मिथिला तामाङ्को घरछेउमा पनि करेसावारीमा हरिया सागपात , धनिया , खुर्सानी फलेका छन् । उनको परिवारलाई पनि अहिले तरकारी खान समस्या छैन् । करेसावारीसँगै अहिले उनी सरसफाईका लागि शौचालय निर्माणमा आपैm जुट्नुभएको छ ।‘ट्वाईलेट बनाउने काम सकिन लागेको छ ।’
मिथिलाले आगनमा भाँडा सुकाउने चाङ् , धुँवा वाहिर जाने सुधारिएको चुल्हो , जैविक मल उत्पादन , सुधारिएको बाख्राको गोठ बनाईसक्नु भएको छ । फुलमाया र मिथिला मात्रै होईन ढाप्टारको सुनाखरी कृषक समूहमा आवद्ध २७ सदस्य घरपरिवारको घरमा अहिले अनिवार्य करेसावारीमा आर्गनिक तरकारी फल्ने गरेको छ ।
एकवर्ष पहिलेदेखि गाउँमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक)उदयपुर र वल्ड नेर्भसको सहकार्यमा स्थानीयलाई आत्मनिर्भर बनाउने परियोजना संञ्चालनमा आएको छ । परियोजना अनुसार स्थानीयले घरमा अनिवार्य पानी सफा गर्ने फिल्टर , भाँडा सुकाउने चाङ् , करेसावारीमा अनिवार्य तरकारी उत्पादन , गोठ सुधार , गर्नु पर्ने हुरेण्डेकका कार्यक्रम संयोजक विनु सुवेदीले बताउनुभयो ।
स्थानीयलाई आर्गनिक तरकारी उत्पादन र आत्मनिर्भर बनाउन प्रयास गरिरहेको उहाँको भनाई छ ।‘आर्गनिक उत्पादन र रैथाने उत्पादनमा हाम्रो जोड छ ।’उहाँले भन्नुभयो –‘पहिलो चरणमा स्थानीयलाई आत्मनिर्भर बनाउने नै हो , त्यसपछी व्यवसायिक बनाउन पनि वल गछौं ।’
सुवेदीका अनुसार स्थानीयले आप्mनै उत्पादनबाट कम्तीमा आर्गनिक तरकारी , कृषीबाट उत्पादन र सरसफाईमा ध्यान दिन सक्ने बनाउने उद्येश्य रहेको छ ।वडामा अहिले १० समूहका सदस्यहरु यो परियोजनामा आवद्ध भएर विभिन्न चरणका कामहरु गरिरहेको हुरेण्डेकका सामाजिक परिचालक मिना आलेले बताउनुभयो । परियोजना अनुसार घरमा भाँडा धोएर खेर गएको पानी ट्याँङ्की निर्माण गरी संकलन गरेर तरकारीमा लगाईन्छ ।
परियोजनाले ट्याँङ्की निर्माण लगायतमा सहयोग गरेपछी स्थानीयलाई सहज भएको समूहका सदस्य जीतबहादुर विश्वकर्माले बताउनुभयो । परियोजनामा आवद्ध अगुवा , कृषक तथा कृषकहरुलाई विभिन्न चरणमा तालिमहरु दिईने गरिएको छ ।
वाख्रापालनका लागि गोठ सुधार गरी घाँस उत्पादन गर्ने र पालनबाट आम्दानी दिलाउने परियोजनाको उद्येश्य छ । स्थानीयको जोश जाँगरलाई सहयोग मात्रै गरेको नेभर्सका एशोसियटर्स संगीता पण्डितले बताउनुभयो ।
परियोजनाको पहिलो वर्षमै स्थानीयले गोठ सुधार गरेको र तरकारीका लागि आप्mनै करेसावारीमा निर्भर हुन थालेको स्थानीयले बताए । पहिलो चरणमा ५ वर्षको परियोजना संञ्चालनमा रहेको हुरेण्डेकका कार्यक्रम संयोजक सुवेदीले बताउनुभयो ।


जनता भ्वाइस 








