images
images

ढाप्टारमा कृषक समूहको समूह भवन उदघाटन

जन्ताभ्वाईस सम्बाददाता
९ चैत्र ,बुधबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ ढाप्टारमा सुनाखरी कृषक समूहको समूह भवनको आज उदघाटन गरिएको छ । समूहका अध्यक्ष कविता कार्कीको सभापतित्व तथा वडाध्यक्ष कमल श्रेष्ठको प्रमुख आतिथ्यतामा भवनको उदघाटन गरिएको हो ।
समूहले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट भवन निर्माण सुरुवात गरिएको थियो । निर्माण अधुरो हुने भएपछी समूहलाई मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुर र वल्ड नेभर्सको सहयोगमा भवन निर्माण सम्पन्न गरिएको हुरेण्डेकका कार्यक्रम संयोजक विनु सुवेदीले बताउनुभयो ।
१लाख ४४ हजार २ सय ५७ को लागतमा निर्माण गरिएको भवनको उदघाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष श्रेष्ठले भवनको आवश्यक रहेको बताउँदै अव आगामी दिनमा स्थानीयलाई विभिन्न गतिविधिका लागि सहज हुने बताउनुभयो । हुरेण्डेक तथा वल्ड नेभर्सले वडासँगको समन्वयमा गरेको कामले स्थानीयलाई लाभ दिएको वडाध्यक्ष श्रेष्ठको भनाई थियो ।
कार्यक्रममा वोल्दै वल्ड नेभर्सका एसोसियटर्स संगीता पण्डितले स्थानीयको जोश जाँगरले भवन निर्माण भएको बताउनुभयो । सामुहिक भवनमा सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाई थियो । कार्यक्रममा ८ आना जग्गादाता साङ्दोर्जे लामालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा वोल्दै समूहका सदस्य लाखबहादुर राईले देउसी ,भैलो तथा श्रमदानबाट भवन निर्माण गर्न सफल भएको बताउनुभयो । कार्यक्रमसँगै एकदिने अगुवा कृषकहरुलाई तालिम पनि दिईएको थियो । तालिमको नेभर्सका एसोसियटर्स पण्डितले सहजिकरण गर्नुभएको थियो । वडामा हुरेण्डेक र नेभर्सको सहकार्यमा विभिन्न समूहमा आत्मनिर्भर कृषी परियोजना संञ्चालनमा छ ।