images
images

आर्थिक अवस्था कमजोरहुँदा कटारीकै एक परिवारले एकमहिनामा २ छोरा गुमाए

सकेको सहयोग गर्दै विद्यालय परिवार

ऋषि राई
९ चैत्र ,बुधबार , २०७८

कटारी/ उदयपुरको कटारीमै आर्थिक अवस्था कमजोर भएका एक परिवारले एकमहिनाको अन्तरालमा २ नाबालक छोरा गुमाएका छन् । श्री जनता आधारभुत विद्यालय थलियाटार कटारी , ८ मा कक्षा २ मा अध्ययनरत कटारी , ९का अम्बरबहादुर वलम्पाकी मगरका छोरा पदमबहादुर मगरको गएराति गोलबजार स्थित अस्पत्तालमा मृत्यु भएसँगै मगर परिवारले एकमहिना भित्र २ छोरा गुमाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापा मगरका अनुसार २३ दिन अघि मात्र पदमबहादुरका भाई कक्षा १ मा अध्ययनरत तुलबहादुर मगरको घरमै मृत्यु भएको थियो । नियमित विद्यालय आउने तुलबहादुरको राति एक्कासी रगत वान्ता आउने भएर मृत्यु भएको थियो ।
पदमबहादुर पनि सोमबारसम्म विद्यालय आएको र ज्वोरो आएपछि विद्यालयबाट टिफनमा साथीहरुसँग घर पठाईदिएको प्रधानाध्यापक मगरले बताउनुभयो । सोही राति ज्वोरो बढेपछी कटारी अस्पत्ताल ल्याउँदा सामान्य रहेको भन्दै घरपठाएपनि पुन ज्वोरो बढेपछी ९ नम्बर वडासचिव भरत थापा
मगरले उद्धार गरी उपचारका लागि गोलबजार लगेकोमा उनको गएराति मृत्यु भएको खबर आएको शिक्षक विष्णु राईले जानकारी दिनुभयो
पदमबहादुरलाई अस्पत्तालले निमोनिया भएको जानकारी गराएको र अक्सिजनमा राखेर उपचारमा सुधारहुँदै गर्दा एक्कासी मृत्यु भएको जानकारी आएको पनि शिक्षक राईले जानकारी दिनुभयो । आर्थिक अवस्था एकदमै कमजोर रहेको र उपचारमा समेत समस्या रहेको शिक्षक राईले बताउनुभयो ।
यसअघि पनि तुलबहादुरको मृत्युमा विद्यालयले सकेको विभिन्न सहयोग गरेको थियो । विद्यालयको दुई छात्राको एकमहिनाभित्रै मृत्यु भएपछी विद्यालय परिवारमा समेत दुखी भएको विद्यालयका प्रधानाध्यापक मगरले बताउनुभयो । अब अम्बरबहादुर मगरको २ छोरा र १ छोरी मात्रै बाँकी रहेको पनि शिक्षक राईले बताउनुभयो ।