images
images

आपैm विरामी रहेका कटारीका मेयर घाईतेको अवस्था वुभ्mन ट्रमा सेन्टर पुगे

जन्ताभ्वाईस सम्बाददाता
१ चैत्र , मंगलबार , २०७८

कटारी/ सिन्धुलीको दुधौलीमा गएको आईतबार राती भएको ट्रिपर दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिन उदयपुरको कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ काठमाडौंको ट्रमा सेन्टर पुग्नुभएको छ ।मंगलबार घाईतेहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन मेयर श्रेष्ठ सेन्टर पुग्नु भएको हो ।
मेयर श्रेष्ठ स्वयम् विरामी भई उपचारका लागि काठमाडौंमा रहेको अवस्थामा नगरवासी दुर्घटनामा परेकाले दुखित भएको भन्दै ट्रमा सेन्टर पुग्नु भएको हो । ‘मृतक परिवारमा समवेदना व्यक्त गर्दछु’मेयर श्रेष्ठले भन्नुभयो –‘आपैm विरामी भएर फलोअपका लागि काठमाडौं आएको छु यसै अवस्थामा घाईतेहरुको अवस्था वुभ्mन ट्रमा आएको हुँ ’
मेयर श्रेष्ठले हाल घाईतेको उपचारका लागि सवारीधनीले खर्च उपलब्ध नगराई रहेको भन्दै उपचारका लागि कानुनी प्रकृयाका लागि पहल गरिरहेको बताउनुभयो । घटनाको अनुसन्धान गरी दोषी भए कानुनी प्रकृयामा जाने पनि मेयर श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी कटारीकै उपमेयर भिमकुमारी राउतले पनि घाईते भई उपचारमा रहेका ५ जना वीर अस्पत्तालको ट्रमा सेन्टर ,१ जना विएण्डवी र एकजना बाँसवासी न्युरो अस्पत्तालमा रहेका घाईतेहरुलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुका साथै मृतक परिवारमा समवेदना व्यक्त गर्नुभएको सामाजिक संञ्जाल फेसबुक मार्पmत जानकारी गराउनुभएको छ ।दुर्घटनामा घाईतेहरुको उपचारका लागि कटारीका सरोकारवाला व्यक्तिहरुले आर्थिक सहयोग समेत संकलन गरीरहेका छन् ।
दुधौलीमा बिहेको जन्ती बोकेको टिफर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको थियो भने । अन्य २८ जना घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको थियो । दुधौली नगरपालिका ५ सिर्थौलीको बाढी गाउँबाट उदयपुरको कटारी तर्फ जन्ती लिएर आउँदै गरेको ना ३ ख ७४९० नम्बरको ट्रिफर सिर्थौली नजिकै ठाकुर खोला पुलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी उदयपुरको कटारी नगरपालिका २ का २४ बर्षका अजय दनुवार र सोही ठाउँका १९ बर्षका दिपेन्द्र कुवँर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक विमलराज कंडेलले जानकारी दिनुभयो ।
ट्रिफरमा जम्मा २८ जना सवार रहेका थिए । प्रहरी उपरिक्षक कडेलका अनुसार टिफरमा सवार एक जनालाई भने कुनै चोट लागेको छैन । १० जनाको सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् । घाइते मध्ये ६ जनाको अवस्था गभिर छ ।