जन्ताभ्वाईस सम्बाददाता
२८ ,फागुन , शनिबार ,२०७८
कटारी/ कटारी –३ , ताराघारी स्थित महादेव गुफालाई सेन्चुरी कमर्सियल वैंक कटारीले चप्पल जुत्ता व्यवस्थित किसिमले राख्ने ¥याक सहयोग गरेको छ । शुक्रबार वैंकले गुफा परिसरमा ¥याक सहयोग गरेको हो ।
वैंकले ११ औं वार्षिकोत्सवको अवसर पारेर संस्थागत उत्तरदायित्व कार्यक्रम अन्र्तगत गुफालाई आवश्यक ¥याक सहयोग गरेको वैंकका शाखा अधिकृत ईश्वर कुमार राउतले बताउनुभयो । गुफामा आउने भक्तजनहरुलाई जुत्ता चप्पल व्यवस्थित किसिमले राख्न सजिलो हुने भएको भन्दै गुफा व्यवस्थापन समितिले धन्यवाद दिएको थियो ।
४ खन्डे ५ फिट उचाई र ६ फिट लम्बाइ भएको छानो सहितको ¥याक वैंकले गुफालाई सहयोग गरेको हो ।


जनता भ्वाइस 








