तस्बिर सौजन्य विमल पराजुली
जन्ताभ्वाईस सम्बाददाता
२४ फागुन ,मंगलबार , २०७८
कटारी (उदयपुर)/ कटारीमा ग्लोबल आईएमई वैंकको शाखा उदघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकावीच कटारीको भूगोलपार्कमा वैंकको उदघाटन गरिएको हो । आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको उपस्थितिमा वैंकको शाखा उदघाटन गरिएको हो ।
कार्यक्रममा प्रदेश एकका मूख्य मन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउत , कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ ,उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का , व्यवसायी प्रयास कार्की लगायतले शाखाको रिबन काटेर उदघाटन गरेका थिए ।
वैंकले यस अघि नै आप्mनो वंैकिङ्ग कारोबार सुरु गरिसकेको भएपनि आज औपचारिक उदघाटन गरिएको शाखा प्रमुख मनिष मगरले बताउनुभयो । कार्यक्रममा कटारीका व्यापारी , व्यवासायी , जनप्रतिनिधि लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


जनता भ्वाइस 








