images
images

मारुतीले कच्चापदार्थ ढुवानी सुरु गरेको दुईदशकपछी अशोक लेल्याण्डको सर्भिस सेन्टर स्थापना

प्रदेश नम्बर १ का मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउत शुभकामना मन्तव्य राख्दै /फोटो / ऋषि

–ऋषि राई
२४ फागुन ,मंगलबार , २०७८

कटारी / उदयपुरको कटारीसँगै जोडिएको सिन्धुलीको दुधौली –७, सिमराहीमा सोमबार साँझ आईएमई ग्रुपको मोटर्स प्रालिले अशोक लेल्याण्ड गाडीहरुका लागि सर्भिस सेण्टर स्थापना गरी समुदघाटन ग¥यो । जसको लक्ष्य भनेको यस क्षेत्रमा चुनढुंगा सिमेण्ट उत्पादकहरुलाई ढुवानी गर्ने व्यवसायीहरुलाई अशोक लेल्याण्डको गाडी यहींबाट विक्री वितरण गर्नुका साथै मर्मत सम्हारको समेत व्यवस्था गर्ने हो ।
कार्यक्रम आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योण वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्व र मारुती सिमेण्टका संञ्चालक तथा प्रदेश नम्बर १ का मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष ढकालले अशोक लेल्याण्डको शोरुम स्थापना भएको र यसलाई अव यहाँका सरोकारवालाहरुले साथ दिनुपर्ने बताउनुभयो ।
यो त्यहि बाटो हो जहाँ नेपालमै पहिलो पटक दुईदशक अघि सिरहाबाट उत्पादन हुने मारुती सिमेण्टका लागि ओमशिवम मल्टिप्रपोजले दुधौलीको ककुरठाकुरबाट चुनढुंगा ढुवानी गर्थ्यौ । अहिले यही मार्गमा कटारीका खानीहरुबाट सौर्य , कसमस लगायतका सिमेण्टका लागि कच्चा पदार्थ ढुवानी हुन्छ भने अन्य केही तयारीमा छन् ।
मदनभण्डारी राजमार्गसँगै जोडिएको यस क्षेत्रमा अशोक लेल्याण्डको शोरुम सर्भिस सेन्टर नै स्थापना हुनु भनेको विगतमा ढुवानीको क्षेत्रमा मारुती सिमेण्टले नेपालकै पहिलो क्लिन्कर उत्पादनका लागि गरेको संघर्ष र योगदान नै प्रमुख कारण रहेको मारुती सिमेण्टका संञ्चालक तथा प्रदेश नम्बर १ का मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले बताउनुभयो ।‘त्यो अवस्थामा संञ्चालन गर्दा ट्रिपर नै चाहिन्छ भन्ने कुराले अहिलेको सफलता प्राप्त गरेको हो ’उहाँले भन्नुभयो ‘आज यही ठाउँमा आएर वर्कसप खोल्नु भनेको यहाँको उद्योगी व्यवसायीहरुको सफलता हो ।’
हाल मारुतीले ७ सय सौर्य लगायत गरी यस क्षेत्रमा १२ सय बढी सवारीको ढुवानीले यस क्षेत्रमा रोजगारी समेत बढाएको र यसले विकासमा समेत टेवा पुगेको बताउनुभयो । मारुतीले ढुवानीका समयमा ककरुखोलामा बाँध लगाएपछी यस क्षेत्रमा जग्गा समेत सुरक्षित भएको राउतले बताउनुभयो । त्यसैगरी हडैया , खसिबास औद्योगिक करिडोर निर्माणका लागि आफु पनि तयार रहनुका साथै कटारी– मिर्चैया ४ लेनको सडक निर्माणका लागि पनि पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्योग व्यवसाय बढ्दै जाँँदा यस क्षेत्रमा बेराजगारीहरुले रोजगारको अवसर पाएको बताउनुभयो ।कार्यक्रममा उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले डेढदशक अघि साईकल किन्न पनि लहान जानुपर्ने बाध्यताको स्मरण गर्दै अहिले यहि कटारी क्षेत्रमा ठुला सवारी साधन खरिद गर्ने बातावरण बनेको बताउनुभयो ।
दुधौलीका नेतृ गंगा दाहालले ट्रिपरबाट हुने दुर्घटनाको जोखिम कम गर्न आग्रह गर्नुभयो । नेपाल माईनिंग कम्पनीका संञ्चालक प्रयास कार्की , जय श्री मल्टी प्रपोजका अध्यक्ष जीवनाथ दाहाल , दुधौली नगरका प्रमुख प्रशासकयी अधिकृत मित्रप्रसाद काप्mले लगायतले सेण्टरलाई सफलताको शुभकामना दिए ।आईएमई मोटरका सिईयो हेमन्त पुरानिकले यहाँ जग्गा नै खरिद गरेर सुरु गरेको सेण्टर दिर्घकालिन हुने बताउनुभयो । कार्यक्रममा उदयपुर , सिरहा , सिन्धुली , धनुषा आसपासका उद्योगी , व्यवासायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा सवारी खरिदगर्नेहरुलाई सम्मानका साथै चावी हस्तान्तरण र नयाँ प्रविधिको अशोक लेल्याण्डको क्याप्टेन ट्रिपरको पनि लन्च गरिएको थियो ।