images
images

एमसिसी विरुद्ध कटारीमा माओवादी केन्द्रको विरोध प्रदशर्न

जन्ताभ्वाईस सम्बाददाता
९ फागुन , सोमबार

कटारी / कटारीमा आज साँझ माओवादी केन्द्रले संसदमा टेबुल भईसकेको एमसिसीको विरुद्ध प्रदर्शन गरेको छ । साँझ मसाल जुलुस सहित प्रदर्शन गरेको माओवादीले भूगोलपार्कमा कोण सभा गरेको थियो ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रका नेता केपी बरालले नचाहाँदा नचाहाँदै संसदमा टेबुल भएको एमसिसीको खारेजीको माग गर्नुभयो । ‘यो देश रहेमात्रै तपाई हामी रहन्छौं ।’उहाँले भन्नुभयो –‘त्यसैले सवैले यसको खारेजीको माग गर्नुपर्छ ।’विभिन्न सन्धी सम्झौताहरुमा कुनै सर्त नहुने बताउनुभयो ।
त्यसैगरी माओवादी नेतृ भेषकुमारी राउत कोपिलाले नेपाली जनतालाई एमसिसी नचाहिने भएपनि जर्वजस्त आएको बताउनुभयो ।‘एमसिसी पास भए देश रणमैदान हुँदैछ , राष्ट्रभन्दा माथी पार्टी हुँदैन् त्यसैले सबै एक हौं ।’उहाँले भन्नुभयो –‘आप्mनो देशको झण्डा प्यारो छ , संविधान प्यारो छ ।’
एमसिसी मार्पmत अमेरिकाले नेपाललाई भारतको एउटा प्रान्तजस्तो गरेर चीनसँग लड्न खोजेको राउतको भनाई थियो । भूगोलपार्कमा राँके जुलुसको समापन गर्दै राउतले चाईनामाथि आक्रमण गर्ने योजनाले अमेरिका नेपाल पस्न लागेको बताउनुभयो ।