जन्ताभ्वाईस सम्बाददाता
६ , फागुन , शुक्रबार , २०७८
कटारी/पुर्वी नेपालको पहाडी जिल्लाहरुको बहुप्रतिक्षित राष्टिय सडक आयोजना घुर्मी चतरा सडकको काम अगाडी बढाउन पुनः पहलका लागि अनुरोध गरिएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक बिभाग माहानिर्देशक शिवहरी बास्कोटा साथै मध्य पहाडी लोकमार्ग प्रोजेक्ट डाईरेक्टर श्री हरीकुमार पोख्रेलसंग उपरोक्त सडक परियोजना अगाडी बढाउन यस क्षेत्रका प्रतिनिधि सभा सदस्यहरुले माग गरेका हुन् ।
घुर्मी–चतरा सडक योजनामा सुरुवातीकाल देखिनै अदलात मार्फत खडा गरेको कानुनी समस्यालाई हल गर्न तुरुन्त पहल लिई उक्त सडक परियोजना अगाडी बढाउने प्रतिबद्धता भएको उदयपुर २ का प्रतिनिधि सभा सदस्य शुरेस कुमार राईले जानकारी गराउनुभएको छ ।
हिमाल–मधेश जोडने मिर्चईया–कटारी–धुर्मी सडक परियोजना सम्पन्न गर्न छुट्टै आयोजना सञ्चालनको लागि अर्थ मन्त्रालयको सहमतिमा मन्त्रीपरिषद निर्णयको लागि फाईल तयारी भएको जानकारी प्राप्त भएको पनि सांसद राईले सामाजिक संञ्जाल फेसबुक मार्पmत जानकारी गराउनुभएको छ । जनशक्ति आपुर्ति पछि लाहान डिभिजन मार्पmत कटारी नगरपालिकाबाट कार्यलय संचालन छिट्टै हुने अनुरोध गरिएको पनि सांसद राईले जानकारी गराउनुभएको छ ।
सुनसरी , भोजपुर ,धनकुटा , सोलुखुम्बु ,ओखलढुंगा र उदयपुरका प्रतिनिधि सभा सदस्यहरुले हस्ताक्षर गरी बिहिबार मन्त्रालयमा माग गरेका हुन् । यस क्षेत्रका बासिन्दाका लागि अति नै महत्वपूर्ण सडक आयोजना भएको र केहि समय अघि रोकिएको कामलाई अघि बढाउन पहल गरिएको हो ।


जनता भ्वाइस 








