जन्ताभ्वाईस सम्बाददाता
६ , फागुन , शुक्रबार , २०७८
दुधौली (सिन्धुली)/सिन्धुलीको दुधौली नगरपालिकाले आप्mनै प्रशासकिय भवनको उदघाटन गरेको छ । शुक्रबार आज एक कार्यक्रमकाबीच नगरपालिकाको वडा नम्बर ९ मा निर्माण सम्पन्न प्रशासकिय भवनको नगरका प्रमुख मेयर घनश्याम राउतले उदघाटन गर्नुभयो ।
नगरपालिकाकाले आप्mनै ४ करोड २७ लाख ३० हजार ८ सय १७ को लागतमा निर्माण गरेको भवनको उदघाटन गरिएको हो । कार्यक्रमका अवसरमा भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई सम्मान समेत गरिएको थियो ।
दुधौलीका उप–प्रमुख वाल कुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्ले, नगरसभा सदस्यहरु, सम्पुर्ण कर्मचारीहरु लगाएत अन्य राजनैतिक ब्यक्तित्वहरुको उपस्थितिमा भवनको उदघाटन सम्पन्न भएको हो । उदघाटनसँगै सम्पूर्ण सेवाहरु यसै कार्यालयबाट संचालन गरिने नगरपालिकाले जनाएको छ ।
यस अघि वडा कार्यालयका भवनहरु निर्माण सकेको नगरपालिकाले प्रशासकिय भवन समेत निर्माण सम्पन्न गरी उदघाटन गरेको हो ।


जनता भ्वाइस 








