१९ माघ , बुधबार , २०७८
जन्ताभ्वाईस सम्बाददाता
दुधौली (सिन्धुली)/ अगृम भुक्तानी जीवन विमा अन्तर्गत नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कटारीले १० लाख ७४ हजार ६ सय ६७ रुपैया मृत्यु दाबी भुक्तानी गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका बडा नं ५, सिर्थौलीका ३१ वर्षिय बल बहादु राय क्षेत्रीको परिवारलाई इन्स्योरेन्स कम्पनीको तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।
मृतक क्षेत्रीले नेशनल लाईफ इन्स्योरेन्स कटारी शाखामा ५ लाखको अमृत श्री बिमा गरे बापतको उक्त रकम प्रदान गरेको कटारी शाखाका प्रमुख भक्त श्रेष्ठले बताउनु भयो । इन्स्योरेन्स कटारी शाखाको तर्फबाट पिडकका आफन्त स्थानिय जनप्रतिनिधीहरुको रोहबरमा एक कार्यक्रमको आयोजना गरी आज मृतकका श्रीमती मनिता राय क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कटारीका शाखा प्रमुख भक्त श्रेष्ठ तथा जीत बहादुर सुनुवार अभिकर्ता बिष्णु पोख्रेल, स्थानिय जनप्रतिनि भिम बहादुर बिक तथा स्थानियहरुको सहभागीमा रकम भुक्तानी गरिएको हो ।


जनता भ्वाइस 








