images
images

रामबहादुर माझीको उपचारका लागि सहयोग जुट्यो , नगरपालिकाका साथै एमालेको पनि आर्थिक सहयोग

जन्ताभ्वाईस सम्बाददाता
१८ माघ , मंगलबार , २०७८

कटारी/कटारी –३ , च्याँगाका ७८ वर्षिय रामबहादुर माझीको उपचारका लागि नगरपालिकाले सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भई लामो समयदेखि पिसाव सम्बन्धि विरामी माझीका लागि नगरपालिकाले नगद २५ हजार सहयोगका साथै एम्बुलेन्सको व्यवस्था गरेको छ ।
आज नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर भिमकुमारी राउत लगायतले मााझीको निजी निवासमै आएर अवस्था बुझी उपचारको व्यवस्था गरेको हो । माझीलाई उपचारका लागि विपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ ।स्वास्थ्य विमा अनुसार माझीको निशुल्क शल्यकृयाका लागि व्यवस्था गरिएको छ ।
माझीको उपचारका लागि नेकपा एमाले नगर कमिटी कटारीले समेत उपचारार्थ १७ हजार सहयोग संकलन गरी प्रदान गरेको एमालेका नगर कमिटी अध्यक्ष संञ्जिव कार्कीले बताउनुभयो । यस अघि माझीको अवस्था वुझेर न्यानो कपडा सहयोग गर्नुका साथै नगद २५ सय व्यक्तिगत सहयोग गरेका एमाले युवा नेता जीवनाथ दाहालले समेत उपचारका लागि सहजिकरण गरिरहनुभएको छ ।
माझी २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मनोनित वडा सदस्य समेत हुनुभएको थियो । माझीको उपचारको व्यवस्था मिलाउन पहल गरेको एमालेका नेता कार्यकर्ताहरु अवस्था वुभ्mन माझी निवासमै आईपुगेका हुन् ।