images
images

दुधौली , १४ लाई मारुती सिमेण्टद्वारा एम्बुलेन्स प्रदान

जन्ताभ्वाईस सम्बाददाता
१७ माघ , सोमबार , २०७८

दुधौली(सिन्धुली)/मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका १४ ककुरठाकुरलाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुर लगायत आसपासका स्थानीयहरुलाई स्वास्थ्यमा पहुँच पुराउन एम्बुलेन्स प्रदान गरिएको हो ।
आज दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रालिका संञ्चालक तथा प्रदेश एकका मूख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहाकार राजेन्द्र राउतले नगरपालिकाका मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दै प्रालिका राउतले त्यस क्षेत्रका स्थानीयलाई विभिन्न क्षेत्रमा प्रालिले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।मेयर राउतको सहकार्यमा एम्बुलेन्स प्रदान गर्न सहज भएको प्रालिका संञ्चालक राउतले बताउनुभयो ।
एम्बुलेन्स ग्रहण गरी वडाअध्यक्ष लिलबहादुर थापा मगरलाई चाबी वडाको जिम्मा लगाउँदै मेयर राउतले अन्य ६ वडालाई नगरले नै एम्बुलेन्स दिएको भएपनि विकट १४ नम्बर वडालाई प्रालिले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । यो महत्वपूर्ण कार्यमा सहयोग पुराएकोमा मेयर राउतले प्रालिलाई धन्यवाद समेत दिनुभयो ।
सिमेण्टका लागि ककुरठाकुरबाट ओम शिवम मल्टिप्रपोजले चुनढुंगा ढुवानी गरिहेको छ । मारुती सिमेण्टका लागि प्रालिले ककुरठाकुरबाट १७ वर्षदेखि चुनढुंगा उत्खनन् गरीरहेको छ । त्यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रालिले विभिन्न सहयोगहरु गरिरहेको छ ।
वडाध्यक्ष थापा मगरले प्रालिले तटबाँध लगाउनेदेखि स्थानीयलाई रोजगार दिने समेत गरिरहेको जानकारी दिनुभयो । हाल ३० स्थानीयले गाउँमै प्रालिबाट रोजगारी पाईरहेको पनि वडाध्यक्ष मगरले बताउनुभयो ।
एम्बुलेन्सका लागि आवश्यक ईसिजी मोनिटर र अक्सिजन सिलिण्डर लगायतका एकलाखबढीको सहयोग प्रालिले पुन थप गर्ने प्रालिका संञ्चालक राउतले प्रतिवद्धता जनाउनुभएको छ । नेपाल सरकारबाट राजश्व छुटमा ल्याईएको एम्बुलेन्सले दुधौली नगरको विकट पहाडी वडा १४का अलावा आसपासका स्थानीयले सेवा लिन पाउने भएका छन् ।