जन्ताभ्वाईस सम्बाददाता
१४ माघ , शुक्रबार , २०७८
कटारी/ कटारीका एमालेका युवा नेता तथा प्रेस चौतारी उदयपुरका अध्यक्ष जीवनाथ दाहालले कटारी , ३ च्याँगाका ८० वर्षिय रामबहादुर माझीलाई न्यानो कपडा तथा नगद सहयोग गर्नुभएको छ । २०३५ सालदेखि कृयाशिल रुपमा नेकपा एमालेमा रहेर काम गरेका जेष्ठ नागरिक माझीको आर्थिक अवस्था कमजोर भएको कारण हाल विरामी समेत रहेकाले न्यानो कपडा (ज्याकेट ,ट्राउजर र जुत्ता) का साथै नगद २ हजार ५ सय व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुभएको हो ।
कटारीमा एमालेको पुराना कार्यकर्ता माझीले पार्टीमा लामो समय सकेको योगदान दिएपनि आर्थिक अवस्था कमजोरीका कारण उपचारमा समेत समस्या हुँदा पार्टीले समेत वास्ता नगरेको गुनासो गर्नुभयो । पिसाव सम्बन्धि समस्या देखिएका माझीलाई थप उपचारका लागि पहल गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।
पार्टीमा सतिसाल भैंm उभिएर काम गरेकाहरुलाई सम्मान गर्नुपर्ने बताउँदै सकेको सहयोग गरेको र गर्ने पनि अध्यक्ष दाहालले बताउनुभयो । माझी २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट मनोनित वडा सदस्य समेत हुनुभएको थियो ।


जनता भ्वाइस 








