जन्ताभ्वाईस सम्बाददाता
१३ माघ , विहिबार , २०७८
कटारी/कटारीमा कोरोनो संक्रमणको तेस्रो भेरियन्ट ओमिक्रोन परीक्षण गराउने कम देखिएका छन् ।परीक्षण गराउनेहरुमा ५० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षाणमा ५० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालले बताउनुभयो ।
हाल गएको पुष ३० देखि माघ १२ गते बुधबारसम्म कटारी अस्पत्तालमा गरिएको १ सय ९ जनाको एन्टिजेन परीक्षणमा ६६ जनामा संक्रमण पोजेटिभ आएको पनि प्रमुख दाहालले जानकारी गराउनुभयो । त्यसैगरी रिस्कु स्वास्थ्य चौकीमा ११ जनामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण देखिएको पनि कटारी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कटारी अस्पत्तालमा आकस्मिक बाहेकका सेवा बन्द
अस्पत्तालका ५० प्रतिशत बढी कर्मचारीमा संक्रमण देखिएपछी बुधबारदेखि आकस्मिक वाहेकका सेवा बन्द गरिएको छ ।‘स्वास्थ्यकर्मीबाट नै अन्य विरामीहरुलाई पनि संक्रमण पैmलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेवा बन्द गरिएको हो ।’स्वास्थ्य प्रमुख दाहालले भन्नुभयो –‘ एमरजेन्सी , प्रसुती सेवा र बाहिर नै भिवर क्लिनिक संञ्चालमा ल्याईएको छ ।’
६ बेडको आईशोलेसन तयार
संक्रमणको जोखिम बढेकाले कटारी अस्पत्तालको पुरानो आईशोलेसनको ६ बेडलाई तयारी अवस्थामा राखेको पनि स्वास्थ्य शाखाले जनायो । शाखा प्रमुख दाहालका अनुसार १ जना डाक्टर सहित ३ जना कर्मचारी आईशोलेसनमा खटाईएको छ । लक्षण सहितका आईशोलेसनमा राख्नुपर्ने संक्रमितलाई आईशोलेसनमा राखिनेछ ।
समुदायमा भाईरलका विरामी बढ्दो
कटारी नगरका गाउँघरहरुमा भाईरल रुघाखोकी र ज्वोरोका विरामी बढेका छन् । शाखाका प्रमुख दाहालका अनुसार घरघरमा रुघाखोकी र ज्वरोका विरामी छन् । सवैलाई परीक्षणको दायरामा ल्याउने हो भने संक्रमित बढ्न सक्ने अवस्था रहेको छ । समुदायमै संक्रमण बढ्ने खतरा रहेकाले स्वास्थ्य मापदण्ड अपनाउन शाखाको आग्रह छ । पिसिआर कम आएको र परीक्षण कम भएकाले पिसिआर परीक्षणका लागि स्वाव अन्यत्र लैजानु पर्नेहुँदा अहिले एन्टिजेनबाट परीक्षण जारी रहेको पनि प्रमुख दाहालले जानकारी दिनुभयो ।


जनता भ्वाइस 








