जनताभ्वाइस सम्बाददाता
२२,पुष, बुधबार
कटारी । नेकपा एमाले कटारी नगरपालिकाले टोल टोलमा कमिटि गठन कार्यलाई तिव्रता दिएको छ । नेकपा एमालेको पार्टी संगठन बिस्तार एवं सुदृढिकरण अभियान अन्तरगत कटारीका वडाका प्रत्येक टोलमा कमिटि गठन लाई तिव्रता दिइएको हो ।
कटारी नगरपालिकाका १४ वटै वडामा धमाधम टोल कमिटी गठन भईरहेको कटारी नगर कमिटीका अध्यक्ष संजीव कार्कीले बताउनु भयो ।
संगठन विस्तार अभियानलाई तिव्रताका साथ संचालन गरि पौष महिना भित्रमा सवै टोलमा कमिटि गठन गर्ने योजना रहेको नगर कमिटी कटारीले बताएको छ ।


जनता भ्वाइस 








