images
images

नेपाली काँग्रेस उदयपुर क्षेत्र नम्बर २ को सभापतिमा रामकुमार राई निर्वाचित (सम्पूर्ण नतिजा)

जन्ताभ्वाईस सम्बाददाता
९ ,मंसिर , बिहिबार

कटारी / नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्र्तगत उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा रामकुमार राई निर्वाचित हुनुभएको छ । राइले क्षेत्रीय सभापतिमा राम कुमार खत्रीलाई १५ मतान्तरले पराजित गर्नुभएको हो ।जम्मा खसेको मत ६६७ मध्ये राइले ३१९ मत ल्याएर विजयी हुँदा खत्रीले ३०४ मत प्राप्त गर्नुभयो । ४४ मत बदर भएको थियो।त्यस्तै क्षेत्रीय सचिब पदमा मोहन सिंह ठकुरी ३२५ र हिरा कुमार कार्की ३९० मत सहित विजयी भए । त्यस्तै सह सचिबमा ३३१ मत र ३११ मत ल्याइ क्रमश कमल बहादुर कटवाल र बिरेन्द्र कुमार राई निर्बाचित भए । त्यस्तै क्षेत्रीय सदस्य खुल्ला तर्फ कुमार अधिकारी ३१४ मत,चन्द्र बहादुर कार्की ३१३ मत र हेम राई दिपकले ३१४ मत ल्याइ चयन भएका छन।महिला खुल्ला तर्फ भिमकुमारी माझीले ३११ मत ल्याइ चयन हुनुभयो । त्यस्तै आदिबासी जनजाती तर्फमा गडुल सारु मगर ३२६ मत र बल बहादुर तामाङ ३१९ मत ल्याइ बिजयी भएका छन। आदिबसी जनजाती महिला तर्फ कमला राई ३१६ मत र पदम कुमारी आले मगर २८६ मत ल्याइ बिजयी भएका छन।दलित बाट रुद्र बहादुर रोक्का सार्की ३१६ मत ल्याइ बिजयी हुँदा खस आर्य बाट गणेश बहादुर कार्की र जंग बहादुर राउतले २९२÷२९२ मत ल्याइ बराबरी भए । त्यसै गरि उदयपुर क्षेत्र नं २ प्रदेश सभा क खुल्ला सदस्यमा निशान कुमार राई ३१३ मत , प्रेम कुमार थापा ३३७ मत र महिला तर्फ यचरी बिक २९३ मत ल्याइ निर्बाचित भएका छन।त्यस्तै प्रदेश सभा ख खुल्ला सद्स्यमा धर्म बहादुर राई ३१९ मत,भुपाल आले मगर २९४ मत र महिला खुल्ला तर्फ ज्ञान कुमारी गिरी २९५ मत लाई निर्बाचित भए । सम्पन्न निर्वाचनको परिणाममा राई प्यानलको अग्रता देखिएको छ ।
त्यसैगरी केन्द्रिय महाधिवेसन प्रतिनिधिमा अनिल कार्की , चेतबहादुर मगर , जितबहादुर खड्का , नारायण बहादुर कार्की ,पुष्पलाल राई ,प्रेमबहादुर थापा क्षेत्री , राजेशचन्द्र श्रेष्ठ , साँगदोर्जे तामाङ्ग , संजिव थापा र ज्ञानेन्द्र खड्का खुल्ला तर्पm विजयी हुँदा ,खुल्ला महिला तर्पm धनमाया मगर निर्मला कार्की ,मिरा कटुवाल र रमिला राई महाधिवेसन प्रतिनिधिमा निर्वाचित भए ।केन्द्रिय महाधिवेसन प्रतिनिधिमै खस आर्य खुल्ला तर्पm दिनेशबहादुर कटुवाल र पुष्कर खड्का विजयी हुँदा खस आर्य महिलामा सरस्वती ढुंगाना निर्वाचित हुनुभयो ।
त्यसैगरी आदिवासी जनजाति खुल्लामा गोविन्द चाम्लिङ्ग, घनश्याम तामाङ्ग र जन्मजय राई विजयी भए ।आदिवासी महिलामा धनकुमारी थापा मगर , पार्वती राई र सिताकुमारी मगरले जित हासिल गरे ।दलित खुल्लामा केदार रोका र अल्पसंख्यकमा मनकुमारी भुजेल महाधिवेसन प्रतिनिधिमा निर्वाचित भएका छन् ।