जन्ताभ्वाईस सम्बाददाता
४ मंसिर , शनिबार
कटारी / नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्र्तगत उदयपुर क्षेत्र नम्बर २ को प्रदेश सभा ख अन्र्तगतको हिजो भएको निर्वाचनमा सभापतिमा कृष्ण थापा निर्वाचित हुनुभएभको छ । थापाले निकटतम प्रतिद्वन्दि राम पोखरेलले १सय २५ र गोपी प्रसाद पराजुलीले १८ मत ल्याउँदा १ सय ७९ मत ल्याएर विजयी हासिल गर्नुभएको हो ।
त्यसैगरी २ जना उपसभापतिमा १ सय ६२ मतसहित दुर्गा खपांगी मगर र १सय ३९ मत सहित महादेव रास्कोटी विजयी भएका छन् । उपसभापतिका प्रतिष्पर्धि थिरबहादुर सुनुवारले ३८ ,मन्जेस श्रेष्ठले १ सय २४ र राजेन्द्र राईले१ सय १८ मत पाए ।
त्यसैगरी २ जना सचिवमा १ सय ६९ मत सहित रुद्र यस्माली मगर र १ सय ४८ मत सहित रोहित लामा निर्वाचित भए । सचिवका प्रतिष्पर्धि लालबहादुर तामाङ्गले १ सय २१ र हिरालाल मगरले १ सय २४ मत पाए ।
त्यस्तै २ जना सह सचिवमा १ सय ६८ मत सहित चन्द्रबहादुर थापा मगर र १ सय ४३ मत सहित बालकुमारी विश्वकर्मा विजयी भएका छन् । सह सचिवका प्रतिष्पर्धि यज्ञकुमारी कटुवाल र रिताकुमारी लाखेले क्रमश १ सय ३६ र १ सय ६ मत प्राप्त गरे ।गएराति मतगणना सम्पन्न भएको हो ।


जनता भ्वाइस 








