images
images

कटारी ८ मा एकिकृत समाजवादीको युवा समिति गठन

जन्ताभ्वाईस सम्बाददाता
१४ कार्तिक , आईतबार

कटारी / नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपालले कटारी वडा नम्बर ८ मा वडा समिति गठन गरेको छ । हिजो पार्टी निकट युवाहरुको भेलाले नैनबहादुर आलेको अध्यक्षतामा ७५ सदस्यिय युवा समिति गठन गरेको पार्टीका कटारी नगर अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।समितिको उपाध्यक्षमा तिलक थापा मगर , सचिवमा टिकामाया बलम्पाकी मगर उपसचिवमा लालबहादुर पुलामी मगर चयन भएका छन् ।
युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोष राईको प्रमुख आतिथ्यता र जिल्ला सदस्य सन्जीव वलम्पाकी मगरको अध्यक्षतामा भेला सम्पन्न भएको पार्टीले जनाएको छ ।कार्यक्रममा एमालेबाट ३५ , काँग्रेसबाट २५ र माओवादी केन्द्रबाट ११ जनाले पार्टी प्रवेश गरेको पनि नगर अध्यक्ष खड्काले जानकारी दिनुभयो ।