
जन्ताभ्वाईस सम्बाददाता
११ कार्तिक , बिहिबार
कटारी / उदयपुरको कटारीमा आज सम्पन्न रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । ५६ पुरुष र ७ महिलाले रक्तदान गरेका थिए । कटारी ३ स्थित चिल्ड्रेन पार्कमा मेरो कटारी युट्युब च्यानल र समावेशी एफ एम ९२दशमलव ३ मेगाहर्जको समन्वयमा सम्पन्न रक्तदानमा कटारीका विभिन्न क्षेत्रका व्यक्तिहरुले रक्तदान गरेका थिए । उदयपुर उद्योग वाणिज्य संघ कटारीको सहयोग , नेपाल रेडक्रस उदयपुर शाखाको प्राविधिक सहयोग र सगरमाथा हस्पिटल कटारीको मेडिकल सहयोगमा रक्तदान सम्पन्न भएको हो । रक्तदान जीवन दान , सेवा नै धर्म हो भन्ने नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न भएका हो ।
कोभिडले देश भरी नै रगतको अभावलाई केही हद सम्म कम गर्न र रगत कै कारणले कसैको ज्यान नजाओस भनेर यो रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक मेरो कटारी युट्युब च्यानलका संचालक भुवन कार्कीले बताउनु भयो। अहिले देशै भरी व्यापक रगतको अभाबलाइ मध्यनजर गर्दै कुनै दुर्घटना ,सुत्केरी ,असाहय र अत्यावश्यक परेको बेला कसैको पनि ज्यान नजाओस र रक्तदाताको खेर गैरहेको रगतलाइ पनि सदुपयोग होस भन्ने मानवीय उद्येश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको उदयपुर उद्योग बाणिज्य संघ कटारीका अध्यक्ष एबंम नेपाल रेडक्रस शाखा उदयपुरका कोषाध्यक्ष पुष्कर खडकाले बताउनु भयो।