
जन्ताभ्वाईस सम्बाददाता
१० कार्तिक , बुधबार
कटारी / उदयपुरको कटारी नगरपालिकाको विकट विकासबाट ओझेलमा परेको वडा नम्बर १ को पोखरिया गाउँमा विजुली पुराईएको छ । नगरपालिकाको पहलमा पोखरियामा विजुलीसँगै सडक पुराईएको नगरका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
आज एक कार्यक्रमका वीच प्रदेश सभा सदस्य तथा पूर्व प्रदेशका राज्य मन्त्री कला घलेको प्रमुख आतिथ्य र मेयर श्रेष्ठको विशेष आतिथ्यतामा त्यहाँ विजुलीको उदघाटन पनि गरिएको छ । ३० घरमा सवमिटर राखेर ६४ घरधुरीमा विजुली वाल्न सुरु गरिएको मेयर श्रेष्ठले बताउनुभयो ।
नगरपालिका र नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा पोखरियामा विजुली बालिएको मेयर श्रेष्ठले बताउनुभयो । विजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि पुराएको मेयर श्रेष्ठको भनाई छ ।
विकासबाट पछी परेका गाउँहरुलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामहरुलाई नगरले जारी राखेकोमा पोखरियामा वत्ती र सडक पुराएर त्यहाँका जनतालाई राहत महसुस गराएको पनि मेयर श्रेष्ठले बताउनुभयो । गाउँमा विजुली सडक पुगेपछी स्थानीय हर्षित भएका छन् ।