जन्ताभ्वाईस सम्बाददाता
कार्तिक ९ , मंगलबार
कटारी / उदयपुरको कटारी नगरपालिकामा यहि कार्तिक ११ र १२ गते भेरोसेल खोपको दोस्रो डोज लगाईने भएको छ । खोप समन्वय तथा अनुगमन समिति उदयपुर र नगर खोप समन्वय समिति कटारीको वैठकले दोस्रो डोज खोप ११ र १२ गते लगाईने निर्णय गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गएको असोज ९ र १० गते वा त्यसभन्दा पहिला भेरोसेलको पहिलो डोज लगाएकाहरुले यो दोस्रो डोज खोप लगाउनुपर्नेछ ।
खोप लगाउन आउँदा पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर खोप केन्द्रमा आउन पनि आग्रह गरिएको छ । कटारी अस्पत्ताल , स्वास्थ्य चौकी त्रिवेणी , रिस्कु , हर्देनी ,शिरिसे , लिम्पाटार ,सोरुँगछविसे , मयंखु ,लेखानी , शहरी क्लिनिक गहुँबारी , आधारभुत स्वास्थ्य केन्द्र सुघारे र वेलसोतमा खोप लगाउन सकिने पनि नगरपालिकाले जनाएको छ ।


जनता भ्वाइस 








