images
images

कटारीमा ७सय हेक्टर बढीमा क्षति पुगेको अनुमान , कटारी ४ मा लगत संकलन गर्न कोही नआएको कृषकको गुनासो

जन्ताभ्वाईस सम्बाददाता
कार्तिक ९ ,मंगलबार

कटारी / वेमौसमी वर्षाका कारण हाल सम्म उदयपुरको कटारीमा अन्दाजि ७ सय हेक्टर क्षेत्रफलमा को बालिनालिमा क्षति पुगेको अनुमान गरिएको छ । नगरपालिकाको कृषि शाखाले संकलन गरेको लगत अनुसार धेरैजसो धानबाली र पहाडी भेगमा कोदो ,फापर लगायतका बालीमा क्षति पुगेको हो । शाखाका प्रमुख सोनु मिश्रले वडा कार्यालय तथा नगरपालिकाको शाखा कार्यालयमा पनि लगत संकलन गरिएकोले जानकारी गराउन कृषकहरुलाई आग्रह गरेको बताउनुभयो ।लगत संकलन अन्तिम चरणमा पुगेको शाखाले जनाएको छ ।
तर कटारी ४ का कृषकहरुले भने धानबालीमा उल्लेख्य क्षति भएपनि लगत संकलन गर्न शाखा आईनपुगेको बताएका छन् । कटारी ४ हजडीका कृषक भिमकुमार दनुवारले ३५ मुरी जति धानखेति पानीले डुबानमा पारेको बताउनुभयो । धानबाली नष्ट भएपनि अहिले सम्म कसैले लगत संकलन नगरेको बताउँदै उहाँले सम्बन्धित सरोकारवालाहरुलाई कृषकहरुको समस्या बुभ्mन आग्रह गर्नुभयो । त्यसैगरी जहडी , तित्रीबोट लगायतका कृषकहले धानबालीमा पुगेको क्षतिको लगत संकलन गर्न नसकेको बताएका छन् ।