images
images

कटारीमा मजदुर किसान पार्टीद्वारा एमसिसीको विरोध सभा सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
कार्तिक , ८ , सोमबार

कटारी/ नेपाल मजदुर किसान पार्टीले आज कटारीको भूगोलपार्कमा एक कार्यक्रमको आयोजना गर्दै एमसिसी खारेजीको माग गरेको छ । देशघाती एमसिसी सम्भौता खारेजीगर भन्न नाराका साथ नेपाल मजदुर किसान पार्टीले पार्टीको अभियान अन्र्तगत आज दिउँसो कटारीमा पनि विरोध कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा वोल्दै पार्टीका केन्द्रिय सदस्य उकेश कंवाले सरकार अमेरिका र भारतको कठपुतली भएको आरोप लगाउनुभयो । सरकार ने भारत र अमेरिकाले चलाएको आरोप लगाउँदै उहाँले एमसिसी पास गर्ने भए जनमत संग्रह गर्न चुनौती दिनुभयो । एमसिसी देशको र जनताको लागि घातक रहेको उहाँको आरोप थियो ।