जन्ताभ्वाईस सम्बाददाता
कार्तिक , ८ , सोमबार
कटारी / उदयपुरको कटारी ७ मा जारी फुटबल प्रतियोगितामा धर्मभकारी युवा क्लव फाईनलमा पुगेको छ । आज उदयपुरगढी युवा क्बललाई ३ का विरुद्ध ५ गोल गर्दै धर्मभकारीले पर्सिहुने फाईनलका लागि स्थान पक्का गरेको हो ।खेल अवधिमा दुई दुई गोलको बराबरी भएपछी भएको टाईपव्रेकरमा उदयपुरढीले १ गोल गर्दा धर्मभकारीले ३ गोल गरेपछी फाईनलमा पुगेको हो ।
अव भोलि लण्डन ११ लामिदुवाली र खैरेनी युवा क्लबवीचको विजेतासँग पर्सी धर्मभकारीले फाईनलमा प्रतिष्पर्धा गर्नेछ । दुईपल जनजागृति युवा क्लब कटारी ७ देउलीकुना पाट्नेको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद २५ हजारका साथमा ट्रफी , मेडल , प्रमाण पत्र र उपविजेताले नगद १५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक संञ्जिव समाल मगरले बताउनुभयो ।


जनता भ्वाइस 








