जन्ताभ्वाईस सम्बाददाता
कार्तिक ७ , आईतबार
कटारी / उदयपुरको उदयपुरगढी गाउँपालिका–५ आम्बोटेमा बर्रेबाट कटारी तर्फ जाँदै गरेको को १ ज ३१८८ नम्बरका बोलेरो अनियन्त्रित भएर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । उदयपुरगढी गाउँपालिका–३ का ४३ वर्षीय खिलराज तामाङ, सोही ठाउँ बस्ने वर्षीय २० आशिष खड्का, सोही पालिका–४ बस्ने ५० वर्षीया सुनमाया तामाङ, सोही वडा बस्ने २३ वर्षीया हिरा तामाङ, ३८ वर्षीया चिनमाया तामाङ, १५ वर्षीय मेख बहादुर बस्नेतको साथै दोलखा जिल्ला विगुल गाउँपालिका–४ बस्ने २६ वर्षीय सन्दीप ठकुरी र सोही ठाउँका २४ वर्षीया एसिला कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख लिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरुको हात, खुट्टा, ढाँडमा सामान्य चोट रहेको प्रमुख श्रेष्ठले बताउनुभयो । घाइतेहरुको जिल्ला अस्पताल गाईघाटमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ओरालोमा आउँदै गर्दा बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिहेको छ ।


जनता भ्वाइस 







