जन्ताभ्वाईस सम्बाददाता
६ कार्तिक , शनिबार
कटारी / किरात राई यायोक्खा नगर कमिटी कटारी उदयपुरको आयोजनामा कटारीमा १२ औं जनगणना सम्बन्धि एकदिने प्रशिक्षण सम्पन्न भएको छ । आज होटल मजेस्टीको हलमा सम्पन्न प्रशिक्षणमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि भाषाशास्त्री डा.कैलाश राईले जनगणना एकताको प्रतिक भएकाले सवै राईहरुलाई जातिको महलमा राई , धर्मको महलमा किरात , पुर्खाको भाषा र मातृभाषामा आ आप्mनो थरको भाषा साथै दोस्रो भाषामा नजिकको राई समुदायको भाषा लेख्न लगाउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।
सहि तथ्यांकले देशको शासनसत्तामा पहुँच पुराउनुका साथै सवै क्षेत्रमा महत्वपूर्ण हुने भएकाले यस अवसरलाई नगुमाउनु आग्रह गर्नुभयो । उहाँले विश्वको जनगणनाको ईतिहास र नेपालको जनगणनाको बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वोल्दै यायोक्खा जिल्लाका कार्यवाहक अध्यक्ष नविन राईले जनगणना सम्बन्धि सचेतनामुलक कार्यक्रम जिल्लामा कटारी सहित ६ ठाउँमा सम्पन्न भएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष महेश्वर चाम्लिङ्गले विगतको जनगणनाले तथ्यांक नभई मिथ्याकं प्रस्तुत गरेकोले यसपटक सचेत हुनुपर्ने बताउनुभयो ।
राजनीतिकर्मी पूर्व कटारी गाविस अध्यक्ष रामकुमार राई , नेपाल आदिवासी जनजाति महासंघ कटारी नगर समन्वयका पूर्व अध्यक्ष दिपक माझी लगायतले जनगणनामा सचेत भएर तथ्याकं लेखाउनुपर्ने बताए । यायोक्खा कटारी नगर अध्यक्ष पदम राईको सभापतित्वमा सम्पन्न कार्यक्रम संञ्चालन शुभराज राईले गर्नुभएको यायोक्खा कटारीका सचिव मेनुका राईले बताउनुभयो । कार्यक्रमको औचित्यबारे प्रकाश नेपाल पत्रकार महासंघ उदयपुरका सह सचिव समेत रहनुभएका ऋषि राईले १२ औं जनगणनामा सहि तथ्याकं आउनुका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा कटारी र दुधौलीका राई समुदायहरुको उपस्थिति रहेको थियो । यहि कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मेरा क गणना मेरो सहभागिता भन्ने नाराका साथ जनगणनाका लागि गणकहरु घरदैलौमा आईपुग्ने कार्यक्रम रहेको छ ।


जनता भ्वाइस 








