images
images

सिटिजन लाईफ ईन्स्युरेन्स कटारीद्वारा दुधौलीको वालगृहलाई न्यानो कपडा सहयोग

जन्ताभ्वाईस सम्बाददाता
६ कार्तिक , शनिबार

कटारी/ जनमुखी कल्याणकारी नेपाल दुधौली सिन्धुलीद्वारा संञ्चालित दुधौली १० स्थित कमलाखोंज वालगृहका वालवालिकाहरुलाई सिटिजन लाई फ ईन्स्युरेन्स शाखा कटारीले न्यानो कपडा सहयोग गरेको छ । ईन्स्युरेन्सले वार्षिकोत्सवको अवसर पारेर वालवालिकाहरुलाई जाडो नजिकिएसँगै व्ल्याँकेट लगायतका न्यानो कपडाहरु सहयोग गरेको सिटिजनका कटारी शाखा प्रमुख अमित श्रेष्ठले बताउनुभयो । सहयोग दिएको प्रति सवैलाई धन्यवाद दिंदै वालगृहका संञ्चालक जनमुखीका अध्यक्ष व्रह्मदेव दनुवारले सहयोगीहरुको सहयोगले वालगृह संञ्चालन गरिरहेको बताउनुभयो ।