जन्ताभ्वाईस सम्बाददाता
४ कार्तिक , बिहिबार , २०७८
कटारी / नेपाल लेखापढी व्यवसायी ईकाई समिति कटारीको अध्यक्षमा कृष्णराज सुनुवार कविराज चयन हुनुभएको छ । आज कटारीका लेखापडी व्यवसायीहरुको भेलाले सुनुवारको अध्यक्षतामा नयाँ ११ सदस्यिय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डिकबहादुर श्रेष्ठ , सचिवमा दोतीप्रसाद गौतम , कोषाध्यक्षमा दिनेश गिरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नारायण राउत , रुद्रवबहादुर राउत , रमेश रोका , शन्देसप्रेमी श्रेष्ठ ,कुमार वाँस्तोला र ईश्वर हमाल चयन भएका छन् ।आज नै चयन भएका अध्यक्ष सुनुवारको हिमाल लेखापढी सेवाबाट भूसेवाको पनि उदघाटन गरिएको छ । भूसेवा अन्र्तगत अवदेखि मालपोत कार्यालय कटारीमा हुने सवै कामहरु अनलाईन प्रणालीबाट गर्न सकिने सुनुवारले बताउनुभयो ।


जनता भ्वाइस 








