जन्ताभ्वाईस सम्बाददाता
२४ असोज , आईतबार
कटारी / दसैं नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका ३ च्याँगाका युवाहरुले गाउँ जाने सडक चिटिक्क पारेका छन् । कटारी ३ को ताराघारीदेखि दक्षिण तर्पm २ किलोमिटर सडकखण्डको वनक्षेत्रको भागमा युवाहरुले सडक सरसफाई साथै रंगरोगन गरी चिटिक्क पारेका हुन् । कालोपत्रे सडक आसपासमा हरियो सुन्दर बन क्षेत्रमा रंगरोगन गरिएसँगै सडक सुन्दर देखिएको छ ।
गत वर्ष कालोपत्रे गरिएपछी यस सडकखण्डमा फोटो खिच्ने , भिडियो खिच्ने, टिकटक बनाउन आउनेहरुको संख्या समेत बढ्दै गएको छ । सेल्फी लिन आउनेहरुको संख्या वढ्दै गएपछी युवाहरुले गाउँ प्रवेश गर्ने सडक चिटिक्क पारेका हुन् । दसैंमा गाउँमा झनै नयाँ आगन्तुकहरु आउने फोटो , भिडियो खिच्ने र प्रचार प्रसार हुने भएपछी सरसफाई गरी चिटिक्क पारिएको युवाहरु बताउँछन् । सडकको दुवै किनाराका रुखहरुमा रातो र सेतो रंग पोतेर सडकलाई आकर्षक बनाईएको छ ।


जनता भ्वाइस 








