images
images

गुणस्तरहिन कामका कारण कटारी र हलेशी जोड्ने झोलुंगे पुल काम नसकी नै स्ल्याप भत्कियो

जन्ताभ्वाईस सम्बाददाता
२४ असोज ,आईतबार

कटारी / उदयपुरको कटारी नगरपालिका १० चिप्टार र खोटाङ्गको हलेसी तुवाचुङ्ग नगरपालिका २ बाईटार जोड्ने सुनकोसीको झोलुङ्गे पुल निर्माणमा ढिलासुस्ती भएको स्थानीय गुनासो गरेका छन् । ढिलासुस्तीसँगै निर्माण हुन नसकेको पुलको स्ल्याप समेत भत्किएको छ ।

पूर्वाधार विकास कार्यालय गाईघाटबाट ३ करोड ५० लाखमा ठेक्का लिएका बसन्त वुढाथोकीले हाल गरिरहेको काम पनि गुणस्तरहिन हुनुका साथै ढिलासुस्ती गरेको स्थानीयले बताएका छन् । काम सम्पन्न नै नभई स्ल्याप भाँचिएपछी काम गुणस्तरहिन भएको स्थानीयको आशंका छ ।

पुल निर्माणमा ढिलासुस्ती भएकोबारे सम्बन्धित सरोकारवाला निकायहरुलाई सरोकार राख्न पनि स्थानीयले माग गरेका छन् । पुल नहुँदा दुवै जिल्लाका स्थानीयले काठको डुंगाबाट जोखिम मोलेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।