– ऋषि राई
असोज २४, आईतबार
कटारी/ दसैंको भिडभाडसँगै हतारिएर छुटेका , हराएका सामान पाउन निकै गाह्रो हुने गर्दछ । तर उदयपुरको कटारीमा संञ्चालित अटो रिक्साका चालकहरुले अटोमा छुटेका सामान प्रहरीको रोहबरमा सम्बन्धित व्यक्तिलाइृ वुझाएर कर्तव्यनिष्ट चालकको उदाहरण बन्न थालेका छन् । कटारीमा करिब ८ लाख बराबरको गरगहना र लत्ता कपडाको सामान आफ्नो अटोमा छुटेको अवस्थामा इमान्दारपुर्वक यात्रु तथा सामानको धनिलाई बुझाएर अटो चालक उदाहरणिय बनेका छन् ।
शुक्रबार उदयपुरगढी गाउँपालिका ६ बस्ने मेनुका राईले कटारी बजारमा दशैको सरसामान सहित छड्के तिलहरी किनेर घर फर्कने क्रममा स१ह १२३१ नं. को अटोमा उक्त तिलहरी सहित अन्य सामानहरु समेत छुटेकोमा कटारी ,४ सिम्लेका अटो चालक खड्ग बहादुर तामाङले सुरक्षित साथ ईलाका प्रहरी कार्यालय कटारीको रोहबरमा सम्बन्धित व्यक्तिलाई बुझाईदिनुभयो ।
त्यसैगरी प्र २ , ०१००१ ह ७७७ नम्बरको अटो चालक कटारी ५ का मीनकुमार राईले पनि आप्mनो अटोमा फेला परेको २० हजार बराबरको नयाँ प्रयोग समेत नगरेको मोवाईल अटोमा फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता दिनुभएको छ । चालक राईले अस्थाई ट्राफिक प्रहरी पोष्ट कटारीको रोहबरमा सम्बन्धित कटारी ११ का सञ्चिता वस्नेतलाई जिम्मा लगाउनुभयो । हराईसकेको मोवाईल हात पारेपछि हर्षित हुँदै एकहजार पुरस्कार दिएपनि चालक राईले लिन मान्नुभएन । आप्mनो पसिनाको कमाईमा रमाउने श्रमजीवी चालकहरुको यो ईमानदारिताका कारण यात्रुहरुले समेत सुरक्षित महशुस गरेका छन् ।


जनता भ्वाइस 








