जन्ताभ्वाईस सम्बाददाता
२२ असोज , शुक्रबार
कटारी / दलित एकता संगठन कटारी , १ उदयपुरले आज केदार विश्वकर्माको न्यायको लागि भन्दै कटारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । नाराजुलुस सहित कटारी बजार परिक्रमा गर्दै दलित समुदायले मेयर ज्ञानेन्द्र श्रेष्ठलाई न्यायको माग गर्दै संगठनका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा हस्ताक्षरित ज्ञापन पत्र बुझाएका हुन् ।
कटारी , १ वेलसोतका केदार विश्वकर्मालाई सोही स्थानमा विप्र बरालले गएको ६ गते हत्या गर्ने नियतले राति १२ बजे धारिलो हतियारले आक्रमण गरी घाईते बनाए पनि न्यायका लागि ईलाका प्रहरी कार्यालय कटारीमा पटक पटक निवेदन दिंदा पनि पिडक बराललाई पक्राउ नगरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यति लामो समयसम्म पनि पिडक खुलेआम हिडिंरहदा पनि प्रहरीले पक्राउ नगरी पिडकलाई संरक्षण गर्न खोजेको आशंका लागेको भन्दै ज्ञापन पत्र बुझाईएको थियो ।
ज्ञापन पत्र बुभ्mदै मेयर श्रेष्ठले दलित समुदायको न्यायका लागि साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । जुनसुकै राजनीतिक दल वा जोसुकैले गलत गरेपनि न्याय पाउनुपर्ने मेयर श्रेष्ठको भनाई थियो । नेपाल दलित एकता संगठन कटारीका अध्यक्ष तुलसी परियारले प्रहरी प्रशासनमा पटक पटक गुहार्दा पनि आजसम्म पक्राउ गर्न नसकेपछी दबाद दिन ज्ञापन पत्र बुझाउन वाध्य भएको बताउनुभयो ।
दलित समुदायको न्यायका लागि अभैmपनि आनाकारी भईरहेको उहाँको भनाई थियो । राजनीतिक संरक्षणमा पिडकलाई पक्राउ नगरिएको हुन सक्ने आशंका रहेको पनि उहाँले बताउनुभयो । पिडक आरोप लागेका बराल माओवादी केन्द्रका नेता केपी बरालका जेठा छोरा हुन् । नेताकै छोरा भएका कारण पिडकलाई पक्राउ नगरेको दलित समुदायले आरोप लगाएका छन् ।
घटनाका विषयमा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मानबहादुर राईले भने आवश्यक सवै अनुसन्धान पुरा गरी पक्राउ गर्न खोजिरहेको बताउनुभयो । सवै प्रकृया पुरा गरी प्रहरीले खोजि गरिरहेको समयमा नाराजुलुस हो हल्ला गरेर झनै पिडकलाई भगाउने प्रयास गरिएको भन्दै उहाँले गोपनिय तरिकाले पक्राउ गर्न प्रहरी लागि परिरहेको बताउनुभयो । पिडित नै नआई नारा जुलुस गरेर झनै पिडकलाई भाग्न सजिलो बनाएको डिएसपी राइको भनाई थियो ।


जनता भ्वाइस 








