images
images

हर्देनीमा अकबरे खुर्सानी र अन्य उपजको अचार बनाउने तालिम सम्पन्न

जन्ताभ्वाईस सम्बाददाता
६ असोज , बुधबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिका ११ हर्देनीमा अकबरे खुर्सानी र अन्य उपजको अचार बनाउने तालिम सम्पन्न भएको छ । बालबिकास समाज नेपाल र महाभारत सामुदायिक बिकास समाजको सयुक्त आयोजना तथा कटारी नगरपालिका , सेभ द चिल्ड्रेन , साहस नेपालको आर्थिक तथा प्राबिधिक सहयोग मा संचालित तीन दिने तालिम सम्पन्न भएको हो ।तालिममा अकबरे खुर्सानी उत्पादनमा दर्ज हुँदै गरेको ११ नम्बर वार्डका १९ जनाको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी कटारी नगरउपप्रमुख भिम कुमारी राउतले माथिल्लो भेगका किसानको परिचय बनाउन अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको र अकबरे खुर्सानीलाई अझै ब्यवसायिक बनाउँदै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अचार बनाउने तालिमले हर्देनीमा उत्पादन भएको अकबरे खुर्सानीको अचार बन्ने र सबै कृषकलाई आर्थिक रुपमा टेवा पुग्ने बताउनु भयो ।
उपप्रमुख राउतले अचार उद्योग खोलेर तालिमको सदुपयोग गर्दै हर्देनीलाई कटारी नगरको चिनारीको रुपमा प्रस्तुत गर्न पनि आग्रह गर्नुभयो । यसै गरी तालिममा सहभागी हरुले अकबरे खुर्सानीको अचार बनाउने तालिम आफुहरुको लागि प्रभावकारी भएको भन्दै तालिम आयोजनाको लागि नगरपालिकालाई धन्यबाद समेत दिए ।