images
images

जनगणनामा सत्य तथ्य सुचना दिन नगरवासीलाई कटारीको अनुरोध

जन्ताभ्वाईस सम्बाददाता
६ असोज , बुधबार , २०७८

कटारी / जारी १२ औं राष्ट्रिय जनगणनामा सत्य तथ्य सुचना दिन नगरवासीहरुलाई कटारी नगरपालिकाले अनुरोध गरेको छ । आज नगरपालिकाले एक सुचना जारी गर्दै गएको भदौ ३० गतेदेखि सुरु भई आगामी असोज १८ गतेसम्म जारी घरपरिवार सुपरिवेक्षणका लागि घर घरमा आउने सुपरिवेक्षकहरु तथा मूख्य प्रश्नावलीहरु लिएर आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म आउने कर्मचारीहरुलाई सत्य तथ्य सुचना दिन अनुरोध गरेको हो ।
मेरो गणना ,मेरो सहभागिता भन्ने नाराका साथ प्रत्येक दश दश वर्षमा नेपालमा हुने जनगण्ना अहिले जारी छ । कटारीमा पनि सवै वडामा सुपरीवेक्षकहरुले घर तथा घरपरिवारहरुको सुपरीवेक्षण गरिरहेको स्थानीय जनगणना कार्यालय कटारीका जनगणना अधिकारी सूर्य कार्कीले बताउनुभयो । त्यसैगरी आज कटारी नगरपालिकाका सुपरीवेक्षकहरुको जारी अभियानका समस्या तथा कामका बारेमा जिल्ला जनगणना कार्यालय उदयपुरका जनगणना अधिकारी शिवनारायण महतोले अनुगमन तथा छलफल समेत गर्नुभएको थियो । देशको महत्वपूर्ण अभियान भएकाले सवैले सफल बनाउन लागि पर्नुपर्ने पनि अधिकारी महतोले बताउनुभयो ।