images
images

चमत्कारी जटिवुटी संग्रह नामक पुस्तक विमोजन

जन्ताभ्वाईस सम्बाददाता
२६ , भदौ , शनिबार , २०७८

गाईघाट/ उदयपुरको गाईघाटमा चमत्कारी जटिवुटी संग्रह नामक पुस्तकको आज विमोजन गरिएको छ । नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघ उदयपुरको आयोजनामा पुस्तकको विमोचन गरिएको हो । संघका उदयपुर अध्यक्ष ओमराज लिम्बुको सभापतित्व तथा प्रदेश सांसद अम्बिका थापा र संघका केन्द्रिय अध्यक्ष जंगराज गिरी लगायतको आतिथ्यमा एक कार्यक्रम गरी पुस्तकको विमोचन गरिएको हो ।
पुस्तकको विमोचन गर्दै साँसद थापाले जिल्लाका जटिबुटीको उत्पादनमा साथ र सहयोग गर्ने बताउनुभयो । जिल्लामा उत्पादन भए जिल्लामै खपत गर्न सकिने पनि साँसद थापाको भनाई थियो । संघका उदयपुर अध्यक्ष लिम्बुका अनुसार पुस्तकले गाउँघरमै भएका जटिबुटीलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने ज्ञान दिने भएकाले पुस्तक महत्वपूर्ण रहेको छ । गाईघाटस्थित एवान एलम्बर होटलमा कार्यक्रमको आयोजना गरी पुस्तकको विमोचन गरिएको हो ।