images
images

गाडीको ठक्करबाट वालक घाईतेभएपछी भूल्केमा सडक अवरुद्ध

जन्ताभ्वाईस सम्बाददाता
२२ भदौ , मंगलबार

कटारी / गाडीको ठक्करबाट ६ वर्षिय वालक अंकित दनुवार घाईते भएपछी कटारी , ५ भुल्केका स्थानीयले मदनभण्डारी राजमार्ग अवरुद्ध पारेका छन् । आज दिउँसो बा २० च २९९६ नम्बरको गाडीले स्थानीय शिवे दनुवारको छोरा अंकितलाई ठक्कर दिएको थियो । अस्थायी ट्राफिक पोष्ट कटारीका अनुसार कटारीबाट भोर्लेतर्पm गईरहेको गाडीले वालकलाई दिउँसो साँढे २ बजे ठक्कर दिएको थियो । ठक्करबाट घाईते बालकलाई उपचारका लागि विराटनगर पठाईएको छ ।
गाडी र गाडी चालक ईलाका प्रहरी कार्यालय कटारीको नियन्त्रणमा रहेको छ । स्थानीयले ठक्कर दिने बेलाको चालक नभई प्रहरी कार्यालयमा अर्कै चालक खडा गरेको आरोप लगाएका छन् ।विरामीको उपचार उचित क्षतिपूर्ती तथा दोषिलाई कार्वाही निष्चित नभएसम्म सडक नखोल्ने स्थानीयको अडान छ ।
घटनास्थलका प्रत्यक्षदर्शीका अनुसार गाडीले गलत दिसामा गई वालकलाई ठक्कर दिएको हो । गाडी स्थानीय अमर लामाको भएको पनि स्थानीयले जानकारी दिए । ठक्करपश्चात स्थानीयले सडक अवरुद्ध गर्दा मदनभण्डारी राजमार्ग भएर आउजाउ गर्ने सवारीसाधनहरु दिउँसोदेखि नै अलपत्र परेका छन् । ठक्करबाट वालकको टाउकोमा गम्भिर चोट लागेको प्रत्यक्षदर्शीहरुले बताए ।