images
images

मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा प्रेस्विटेरियन चर्चमा ४ कोठे भवन निर्माण

जन्ताभ्वाईस सम्बाददाता
२२ भदौ , मंगलबार

कटारी / कटारी , ४ स्थित प्रेस्विटेरियन चर्चद्वारा संञ्चालित सण्डे स्कूलमा ४ कोठे भवन निर्माण भएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा नगरपालिकाले १० लाख छुट्टाएपछी भवन निर्माण गरिएको हो । ईशाई समाजका अगुवा राकेश लामाका अनुसार एक कार्यक्रमका बीच मेयर श्रेष्ठलाई चर्चले धन्यवाद समेत ज्ञापन गरिसकेको छ ।
त्यसैगरी मेयर श्रेष्ठले कटारी वडा नम्बर ६ मा रहेको चर्चको पनि अवलोकन गर्नुभएको छ । त्यहाँको अवस्था अवलोकन गरी प्रार्थना घर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको पनि अगुवा लामाले बताउनुभयो । सवै धर्म संस्कृतिहरुको संरक्षण गर्नु नगरको दायित्व रहेकाले आवश्यक सहयोग गरेको मेयर श्रेष्ठको भनाई छ ।