ऋषि राई
भदौ २० , आईतबार , २०७८
कटारी / कटारी नगरपालिकाको सवै वडामा नेपाली काँग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ । काँग्रेस नगर सभापति गोपी पराजुलीका अनुसार शनिबार रातिसम्ममा नगरका १४ वटै वडाको अधिवसेनहरु सकिएका हुन् । १४ वडामध्ये १३ वडामा सर्वसहमत वडासभापति चयन हुँदा ४ नम्बर वडामा भने निर्वाचनबाट सभापति निर्वाचित भएका छन् ।
वडा नम्बर ४ मा सम्पन्न वडा सभापतिको निर्वाचनमा प्रतिष्पर्धि डेगबहादुर दनुवारलाई ५६ का विरुद्ध ८३ मत ल्याएर धिरज खड्का वडा सभापतिमा निर्वाचित हुनुभएको छ । अन्य वडाहरुमा वडा नम्बर १ मा सूर्य पौडेल , २ मा पूर्णबहादुर खड्का , ३ मा वैजनाथ दनुवार , ५ मा शंकर राई , ६ मा हरिबहादुर थापा , ७ मा उद्धब कोईराला , ८ मा दुर्गा खड्का , ९ मा दलबहादुर कार्की , १० मा बलबहादुर खत्री , ११ मा पदमबहादुर राउत , १२ मा गणेशकुमार पौडेल , १३ मा ध्रुबकुमार श्रेष्ठ र १४ मा भीमबहादुर जोशी वडासभापतिमा सर्वसम्मन चयन भएका छन् ।काँग्रेसको १४ औं महाधिवेसन अन्र्तगत कटारी नगरमा पनि काँग्रेसले अधिवेसन सम्पन्न गरेको हो ।


जनता भ्वाइस 








