images
images

सी डिभिजन छनौट खेल्न साथी समूहको टिम काठमाडौं प्रस्थान , मेयर ज्ञानेन्द्र श्रेष्ठले गरे विदाई

जन्ताभ्वाईस सम्बाददाता
२० भदौ , आईतबार , २०७८

कटारी / सी डिभिजन लिग छनौट प्रतियोगितामा उदयपुरबाट प्रतिनिधित्व गर्ने एकमात्र टिम साथी समूहको टिमलाई आज जितको शुभकामना सहित विदाई गरिएको छ । कटारी नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले खेलाडीहरुलाई नगर परिसरमा खादा ओढाएर जित हासिल गर्ने शुभकामना सहित विदाई गर्नुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आयोजित सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता–२०७८ मा प्रतिष्पर्धा गर्न टिमलाई आज काठमाडौंका लागि विदाई गरिएको हो ।
टिमलाई जितको शुभकामना दिंदै मेयर श्रेष्ठले कटारी नगरले खेल क्षेत्रलाई दिएको योगदानको कदर गर्न योग्य हुनेगरी प्रतियोगितामा सफलता हात पार्न शुभकामना दिनुभयो । कटारी नगरको नाम राखेर प्रतियोगितामा जित हासिल गर्न शुभकामना दिंदै टिमलाई आज विदाई गरिएको हो । २६ वटा समुहमा बिभाजन जारी लिगमा समुहबाट बिजेता हुने २६ टिमलाइ ग्रुप १ मा ८ वटा टिम, ग्रुप २ मा ९ वटा टिम र ग्रुप ३ मा ९ टिम गरी बिभाजन गरेर नक–आउट गेम सन्चालन गरिने र तीन वटै ग्रुपबाट बिजेता हुने ३ टिम आगामी बर्ष हुने सी डिभिजन प्रतियोगिता–२०७९ मा छनौट हुनेछन। प्रतियोगिताका सम्पुर्ण म्याचहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भईरहेको छ ।
प्रतियोगिताको ग्रुप एलमा रहेको साथी समुह, उदयपुरको एकमात्र सहभागी टिम हो । जसले आगामी भदौ २३ मा एमयुएफसी बिजय चौक युथ क्लब, काठमाडौसँग प्रतिष्पर्धा गर्दैछ । त्यसैगरी साथी समूहको अर्को प्रतिष्पर्धा २७ भदौमा झापा एफसी झापासँग हुनेछ ।
साथी समूहको टिममा गोल किपर रोशन राणा ,महेश अधिकारी दनुवार र सुजल गिरी ,डिफेन्डरमा ,गोपाल लिम्बू ,प्रज्वल चौधरी,प्रशिल कार्की,सुरेन धामी ,उमेश, कुमार दनुवार र श्यामनाथ अधिकारी मिड–फिल्डरमा किरण कुमार दनुवार , दिनेश कुमार खप्तरी मगर, मन्ताप राई , चलित्र बहादुर थापा मगर, सलमान कार्की ,सन्जय तामाङ्ग र प्रशान्त राई ,फरवार्डमा ,सन्दिप श्रेष्ठ ,अनिश रोकाहा , र रोहन जोशीले खेल्नेछन् ।