images
images

गर्भवती र सुत्केरीलाई बितरण गरेकोे चना किराले खाएको पाईएपछी प्रयोग नगर्न नगरपालिकाको अनुरोध

जन्ताभ्वाईस सम्बाददाता
१९ भदौ , शनिबार , २०७८

कटारी / उदयपुरको कटारी नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत वडा नम्बर ८ मा वितरण गरेको चनामा किरा परेको स्विकार गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले गएको आर्थिक वर्ष २०७७/ ७८ मै प्याक गरिएको पोषण झोलाको चनामा किरा परेको जानकारी आएको जनाएको छ ।
आज नगरपालिकाका उपप्रमुख उपमेयर भिमकुमारी राउत हस्ताक्षरित एक प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकाले पोषण कार्यक्रम गएको आर्थिक वर्षको भएकाले २०७७/ ७८ मै प्याकिङ् गरिएको र मौसम लगायतका विभिन्न कारणवस त्यतिवेला वितरण गर्न नसकिएको सामाग्री अहिले वितरण गर्दा चनामा किरा परेको हुन सक्ने जनाएको छ । गर्भवती तथा सुत्केरी महिलाहरुका लागि उक्त कार्यक्रम मार्पmत यस अघि नै नगरका सवै वडामा वितरण गरिएको पोषण झोला अन्र्तगत वाँकी वडा नम्बर ८ हिजो र १२ मा अस्ति वितरण गरिएको उपमेयर राउतले बताउनुभयो ।
१२ नम्बर वडामा वितरित चनाका विषयमा जानकारी नआएपनि वडा नम्बर ८ मा वितरित चनामा किरा भेटिएको जानकारी आएको पनि उपमेयर राउतले बताउनुभयो । वडा नम्बर ८ को ७१ जनालाई वितरण गरिएको पोषण सामाग्री मध्ये चनामा किरा परेको पाईएको थियो । विज्ञप्ति जारी गर्दै नगरले उक्त चना सम्बन्धित स्वास्थ्य कार्यालयमा फिर्ता गर्न आग्रह गर्दै अर्को चना उपलब्ध गराउने जनाएको छ ।
वर्षाका कारण वितरणमा ढिलाई भएकाले चनामा समस्या आएको हुन सक्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । नगरपालिकाका उपमेयर राउतले वितरण गरेको पोषण झोलामा रहेको चनामा किरा परेको भन्दै सामाजिक संञ्जाल फेसबुकमा आलोचना भएपछी नगरपालिकाले विज्ञप्ति जारी गरेको हो ।
गर्भवती र सुत्केरी महिलाहरुलाई किरा परेको चना वितरण गरेको भन्दै फेसबुकमा फोटो तथा भिडियोहरु सार्वजनिक भएका छन् ।झोलामा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको थियो ।