images
images

गुम्बा निर्माण सम्पन्न गर्न स्थानीयको आग्रह , नगरले निर्माणमा साथ दिने मेयर श्रेष्ठको प्रतिवद्धता

जन्ताभ्वाईस सम्बाददाता
१९ भदौ , शनिबार , २०७८

कटारी / कटारी नगरपालिका वडा नम्बर २ गराँसका स्थानीयले गुम्बा निर्माण सम्पन्न गर्न स्थानीय निकायका प्रमुखहरुलाई आग्रह गरेका छन् । थोईसुम गोङफेलिङ् युङ्ने ल्हाखाङ बौद्ध गुम्बा व्यवस्थापन समितिले आज एक भेटभाट कार्यक्रम सहित वृहत भेलाको आयोजना गरी गुम्बा निर्माण सम्पन्न गर्न स्थानीयसरकारसँग सहयोगको अपेक्षा राखेको बताएका छन् ।
भीमलाल तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपप्रमुअ भिमकुमारी राउत लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मेयर श्रेष्ठले समुदायको माग बमोजिम गुम्बा निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । नगरपालिकाले शिलान्यास गरेको गुम्बा निर्माणमा नगरले जहिले सहयोग गर्ने मेयर श्रेष्ठको भनाई थियो ।
नगरमा रहेका सबै भाषा , धर्म , संस्कृति , गुम्बा , मठ मन्दिर , चर्च लगायतका क्षेत्रलाइ संरक्षण गर्नु नगरको दायित्व रहेको भन्दै मेयर श्रेष्ठले दायित्व पुरा गर्ने बताउनुभयो । कार्यक्रमका अवसरमा स्थानीय वृहत भेलाले जनप्रतिनिधिहरुलाई खादा ओढाएर सम्मान समेत गरेका थिए । एक विविध कार्यक्रमका वीच स्थानीयले भेला सम्पन्न गरेका छन् ।