images
images

सी डिभिजन लिग छनौटका लागि साथी समूहले एमयुएफसी बिजय चौक युथ क्लब, काठमाडौसँग प्रतिष्पर्धा गर्दै

जन्ताभ्वाईस सम्बाददाता
१८ भदौ , शुक्रबार , २०७८

कटारी / अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आयोजित सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता–२०७८ अन्र्तगत उदयपुर जिल्लाको एकमात्र टिम साथी समूह कटारीले सहभागीता जनाएको छ । भदौ १० गतेदेखी असोज २४ गतेसम्म ७८ वटा सहभागी टिमहरुबीत प्रतिष्पर्धा जारी छ ।
२६ वटा समुहमा बिभाजन जारी लिगमा समुहबाट बिजेता हुने २६ टिमलाइ ग्रुप १ मा ८ वटा टिम, ग्रुप २ मा ९ वटा टिम र ग्रुप ३ मा ९ टिम गरी बिभाजन गरेर नक–आउट गेम सन्चालन गरिने र तीन वटै ग्रुपबाट बिजेता हुने ३ टिमलाइ आगामी बर्ष हुने सी डिभिजन प्रतियोगिता–२०७९ मा छनौट हुनेछन। प्रतियोगिताका सम्पुर्ण म्याचहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भईरहेको छ ।
प्रतियोगिताको ग्रुप एलमा रहेको साथी समुह, उदयपुरको एकमात्र सहभागी टिम हो । जसले आगामी भदौ २३ मा एमयुएफसी बिजय चौक युथ क्लब, काठमाडौसँग प्रतिष्पर्धा गर्दैछ । त्यसैगरी साथी समूहको अर्को प्रतिष्पर्धा २७ भदौमा झापा एफसी झापासँग हुनेछ ।प्रतियोगिताको लागि साथी समूह, उदयपुरको भदौ २० गते बिहान काठमाडौ प्रस्थान गर्ने टिम प्रशिक्षक दिपक थापाले जानकारी दिनुभयो ।
साथी समूहको टिममा गोल किपर रोशन राणा ,महेश अधिकारी दनुवार र सुजल गिरी ,डिफेन्डरमा ,गोपाल लिम्बू ,प्रज्वल चौधरी,प्रशिल कार्की,सुरेन धामी ,उमेश, कुमार दनुवार र श्यामनाथ अधिकारी मिड–फिल्डरमा किरण कुमार दनुवार , दिनेश कुमार खप्तरी मगर, मन्ताप राई , चलित्र बहादुर थापा मगर, सलमान कार्की ,सन्जय तामाङ्ग र प्रशान्त राई ,फरवार्डमा ,सन्दिप श्रेष्ठ ,अनिश रोकाहा , र रोहन जोशीले खेल्नेछन् ।