images
images

राजमार्गकै खहरेमा पुल नहुँदा सास्ती , विरामी समेतले समयमा अस्पत्ताल पुग्न पाउँदैनन्

जन्ताभ्वाईस सम्बाददाता
११ भदौ , शुक्रबार , २०७८

कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत कटारीका खहरेहरुमा पुल नहुँदा यात्रुहरुहले सास्ती खेप्नु परेको छ । कटारी नगरपालिका वडा नम्बर ३ को ताराघारी खहरेमा पुल नबन्दा अविरल वर्षापछी आउने खहरेको बाढीका कारण घण्टौसम्म आउजाउ ठप्प हुने गरेको छ । जसका कारण कटारीबाट अन्यत्र विरामी लैजानु पर्ने एम्बुलेन्स , अत्यावश्यक आउजाउ गर्नुपर्ने यात्रुहरु बढी मारमा परेका छन् ।
आज विहानदेखि पटक पटक खहरेको बाढीले यात्रुहरुले सास्ती खेपेका थिए । खहरेमा आएको बाढीका कारण फसेका सवारीसाधनहरु तथा यात्रुहरुलाई ईलाका प्रहरी कार्यालय कटारी तथा शसस्त्र वेस क्याम्प कटारीका सुरक्षाकर्मीहरुले उद्धार गर्दै आएका छन् । त्यसैगरी सोही वडाकै हडैयामा रहेको च्याँगा खहरेले पनि समस्या पार्ने गरेको छ । त्यहाँ लामोसमयदेखि पुल निर्माणाधिन भएपनि सम्पन्न नहुँदा सास्ती खेप्नु परेको छ ।
त्यसैगरी मिर्चैया कटारीवीचका अन्य साना साना खहरेले पनि आउजाउमा समस्या गर्ने गरेको छ । हडैयास्थित खहरेमा वर्षौंदेखि निर्माण सुरु भएको पुल निर्माण हुन सकेको छैन् । ठेकेदारको लापार्वाहीका कारण पुल निर्माणमा ढिलाई भएको स्थानीयको आरोप छ । त्यसैगरी ताराघारीमा खहरेमा वर्षेनी यात्रुहरुले सास्ती खेपेपनि पुल निर्माणको छाँटकाँट छैन् ।
यो सडकखण्ड पहाडी ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्का सवारीहरुले प्रदेश २ प्रवेश गर्ने मूख्य नाका हो ।
तरपनि यस खण्डमा पुल निर्माणका लागि हालसम्म सवै तहका जनप्रतिनिधिहरुले पहल गरेका छैनन् । खहरेको बाढीले पटक पटक मोटरसाईकल लगायतका साना ठुला सवारीसाधहरु वगाउने , फस्ने गरेको स्थानीय बताउँछन् । खहरेकै कारण वर्षेनी यहाँबाट कटारी बजार आउने कृषकहरु , विद्यार्थीहरु तथा स्थानीयले दुःख भोग्दै आएका छन् ।