images
images

अध्यादेशको बिरोधमा कटारीमा प्रदर्शन

जन्ताभ्वाईस सम्बाददाता
४ भदौ ,शुक्रबार , २०७८

कटारी / सरकारले ल्याएको अध्यादेशको बिरोध गर्दै हिजो साँझ उदयपुरको कटारी स्थित युवा तथा बिद्यार्थीले बिरोधसभा तथा मसाल जुलुस गरेका छन । सरकारले ल्याएको पार्टी बिभाजन गर्ने अध्यादेशको बिरोध गर्दै नेकपा एमाले निकटका युवा तथा विद्यार्थीहरुले विरोध कार्यक्रम गरेका हुन ।
राष्ट्रिय युवा संघ नेपाल कटारी तथा अनेरास्ववियु कटारीको आयोजनामा भएको सो कार्यक्रममा उनीहरुले सरकारले ल्याएको अध्यादेश एमाले फुटाउने उद्येश्यका साथ आएको भन्दै तत्काल फिर्ता नलिए सशक्त प्रतिकार गर्ने चेतावनी दिए । उनीहरुले अध्यादेश तत्काल खारेज गर, परमादेश सरकार मुर्दाबाद, प्रधानमन्त्री देउवा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाएका थिए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य अमर लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले, युवा संघका केन्द्रिय सदस्यहरु मोहन तामाङ , सन्जिब कार्की ,अनेरास्ववियु केन्द्रिय सदस्य जीवनाथ दाहाल , युवा नेताहरु लगायतले मन्तव्य राखेका थिए ।