
जन्ताभ्वाईस सम्बाददाता
३ भदौ , बिहिबार
कटारी / उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज शान्ति, स्वाधीनता र समृद्धिको लागि संयुक्त प्रगतिशील सरकार, जनमत सङ्ग्रह र बैज्ञानिक समाजबाद भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको हो । भेलाको अध्यक्षता उदयपुरगढी गाउँपालिका सेक्रेटरी जित बहादुर मगरले गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल रहनुभएको थियो ।कार्यक्रममा विभिन्न संसदीय पार्टि परित्याग गरि सात जनाले नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।
माओवादी केन्द्रबाट डिगबहादुर भुजेल, ओबिन्द्र मगर एमालेबाट ढक बहादुर मगर, हरि कोइराला र सम्बर तामाङ , नेपाली काङ्ग्रेसबाट बाबुराम भुजेल र निशान नेपालीले पार्टी प्रवेश गरेको पालिका सेक्रेटरी मगरले बताउनुभयो । साथै भेलाले मगरको नेतृत्वमा २७ सदस्यीय कमिटि गठन गरेको छ।
भेलालाइप्रशिक्षित गर्दै प्रमुख अतिथि लक्ष्मण पौड्यालले नेपाली राजनीतिमा उदयपुरगढीको महत्वपूर्ण भुमिकासहितको इतिहास रहेको र फेरि एकपटक त्यो बिरासतसहित नयाँ ढंगले एकताबद्ध हुनुपर्ने आबश्यकता रहेकोले त्यो आबश्यकता उदयपुरगढीले पुरा गर्नु पर्ने बताउनुभयो ।
नेपालमा भएको पटक पटकको संघर्षले प्राप्त गरेको उपलब्धि नेताहरुले रद्दीको टोकरिमा फालिएकोकारण क्रान्ति अधुरो रहेको उहाँको भनाई थियो। प्रचण्ड र बाबुरामले वर्गसंघर्षमार्फत संसदीय ब्यबस्थाको अन्त्यको लागि जनतालाइ जनयुद्धमा होमेर सत्र हजारको बलिदानि भएता पनि जुन बर्ग र सत्ताको विरुद्ध लडाइ थियो उनिहरुसँगै घाटि मिलाउन पुगेको कारण क्रान्ति रहेको अपुरो पौड्यालले बताउनुभयो ।
पार्टी सरकारसँग तीन बुँदे सहमतिपछि खुल्ला परिवेशमा आएयता केहि राजनितिक दल र तिनका नेता कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीप्रति भ्रम सिर्जना गर्दै हिंडेको भन्दै भ्रममा नपर्न र भ्रम सिर्जना गर्नेलाइ समेत यस्तो हर्कत बन्द गर्न पौड्यालले सचेत गराउनु भयो।