
२९ साउन , शुक्रबार , २०७८
जन्ताभ्वाईस सम्बाददाता
कटारी / नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति उदयपुरको अध्यक्षमा पुन शंकर सिंह चयन हुनुभएको छ । सिंहको यो जिल्ला अध्यक्षमा दोस्रो कार्यकाल हो ।हिजो जिल्ला सदरमुकाम गाईघाटमा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनले सिंहलाई अध्यक्ष चयन गरेको हो ।
समितिको उपाध्यक्षमा यशव राई र तिलकबहादुर मगर , सचिवमा विक्रम चौधरी , कोषाध्यक्षमा कामना राई साथै सह सचिवमा प्रदिप तिमल्सिना गरी ९ सदस्यिय कार्यसमिति चयन गरेको सिंहले बताउनुभयो । संघका केन्द्रिय सदस्य विजय चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।
पुन अध्यक्ष चयन भएसँगै अभैm पनि जिल्लामा तेक्वान्दो खेलको विकासका लागि र खेलाडीहरुको पक्षमा काम गर्ने सिंहले बताउनुभयो । जिल्लामा सिंहको अगुवाईमा जिल्ला , प्रदेश तथा राष्ट्रियस्तरमा तेक्वान्दो प्रतियोगिताहरु वर्षेनी हुने गरेको छ ।